प्रधानमन्त्रीले तोडेकै हुन् त ‘बिचौलिया’हरुको जालो ?

१२ पुष २०६९, बिहीबार ०८:०५ मा प्रकाशित

काठमाडौं, १२ पुस । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसै साताको सुरुमा नेपाली कांग्रेसका तीन युवा नेताहरुलाई भेटघाटका लागि बालुवाटार बोलाए । त्यसरी बोलाईकामा चन्द्र भण्डारी, गगन थापा र एनपी सावद थिए । आखिर के प्रयोजनले प्रधानमन्त्रीले उनीहरुलाई बोलाएका थिए भन्ने कुराको खुलासा भएको छ । बालुवाटार स्रोतका अनुसार ‘सत्ताका दलाल’हरुबाट आजित भएर बाबुरामले कांग्रेसका ती दोस्रो पुस्ताका नेताहरुलाई बोलाएर दुखेसो पोखेका हुन् ।
प्रधानमन्त्रीले केही दिनयता आफू बिचौलियाहरूबाट हैरान भएको बताउन थालेका थिए । अवरुद्ध राजनीतिलाई निकास दिन प्रधानमन्त्रीले प्रचण्ड, कांगे्रस महामन्त्रीसमेत रहेका झापाका कृष्ण सिटौला र डा. मीनेन्द्र रिजालमार्फत काङ्गे्रसलाई गुप्त सन्देश पठाउने गरेका तर उनीहरूले आफ्ना कुरा तोडमरोड गरेर सन्देश पु¥याउने गरेको महसुस उनले गरेका रहेछन् । आफूले साँच्चै निकास दिनका लागि सुझाउँदा पनि परिस्थिति झन्झन् जटिल बन्नुमा बिचौलियाहरूको भूमिका खतरनाक भएको ठहर प्रधानमन्त्रीले गरेका रहेछन् । प्रचण्ड प्रधानमन्त्री भट्टराई र काङ्गे्रस–एमालेका नेताहरूको बीचमा खेलेर आफैँ प्रधानमन्त्री बन्ने प्रपञ्चमा लागेको, सिटौला र मीनेन्द्र रिजाल पनि आफूहरू राम्रा मन्त्रालयको मालिक बन्न पाउने वातावरण निर्माणमा लागेकोले वातावरण बिग्रिएको भट्टराईको ठम्याइ छ । त्यसैले पछिल्ला दिनमा निकास निम्ति प्रधानमन्त्री आफैं विपक्षी नेताहरूको सोझो सम्पर्कमा पुग्न थालेका छन् । यसबीच उनले काङ्गे्रस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरूसँग पनि प्रत्यक्ष संवाद गरिसकेका छन् । गत सोमबार झापाका कृष्ण सिटौला र डा. मीनेन्द्र रिजालमार्फत सङ्कटमोचनको सूत्र सन्देशका रूपमा काङ्गे्रससमक्ष पठाएपछि भट्टराई स्वयम्ले कोइराला र पौडेललाई सम्पर्क गरी आफ्नो सन्देशबारे स्पष्ट जानकारी गराएका थिए । सभापति कोइरालालाई त उनले लिखित प्रस्ताव नै पठाए । यसअघि भट्टराई कथित बिचौलियाहरूसँग कुरा गरिसकेपछि आफैंले विपक्षी नेताहरूलाई सम्पर्क गरी छलफल गर्ने गर्थे । बिचौलियाहरूको भूमिका सन्देहास्पद रहने गरेको पाइएकोले उनले यसरी सीधै छलफल गर्न थालेका हुन् ।  यसरी प्रधानमन्त्रीले सोझै विपक्षी नेताहरूसँग संवाद गर्न थालेबाट निकास निस्कनेमा आशावादी हुन सकिने कतिपयको बुझाई रहेको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार