तिनाउमा दोहन जारी, जोखिम बढेको बढ्यै

१२ पुष २०६९, बिहीबार ०७:५५ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १२ पुस । तिनाउ तटबन्धको लागि ‘जनताको तटबन्घ कार्यक्रम’मार्फत तीन बर्षमा ३० करोड रुपैया खर्च भएको छ । त्यसअघि पनि बिभिन्न कार्यक्रममार्फत सरकारले करिब १० करोड रुपैयाँ खर्च गरेको छ । आधा दशकयता नेपाल सरकारले  छुट्टाछुट्टै योजनाबाट करिव४० करोड रुपैयाँ बजेट तटवन्धका लागि छुट्टाएको छ ।
जनताको तटबन्ध परियोजनाअन्तर्गत करिब एक अर्ब २५ करोड लगानी गर्ने योजना सरकारको रहको  उक्त परियोजनाका ईन्जिनियर भरत सापकोटाले बताउनुभयो । सरकारले तिनाउ नदीको दुबैतर्फ गरी २ सय मिटर क्षेत्रलाई जोखिम मानेका कारण यो कार्यक्रम अगाडि बढाएको छ । कुनैबेला जिल्ला बिकास समिति रुपन्देहीले बोलकबोलमार्फत नदीजन्य पदार्थको  लागि करोडौँ रुपैयाँमा ठेक्का आह्वान गरेको थियो । करोडौँ रुपैयाँ  आम्दानी गरेका सरकारले अहिले  तिनाउ नदी संरक्षणको लागि बिभिन्न कार्यक्रम फेरि रकम खर्च गरेको छ ।
समयमै नै दुरदर्शिता अपनाउन नसक्दा ठेक्काबाट उठेको रकम पुनः नदि नियन्त्रणका लागि रकम खर्च गर्नुपरेको छ भने नदि कटानको जोखीम  पनि ब्योहर्नु परेको छ । तीन–चार वर्ष पहिलेसम्म तिनाउको ढुङ्गा र बालुवा लिनको लागि दैनिक  पाँच–सात सय ट्रक र ट्रयाक्टर प्रयोग हुने गर्दथे ।
बुटवलमा त्यो बेला कम्तिमा एक हजार र बढिमा १२ सयमा एक ट्क्याटर  ढुंगा पाइन्थ्यो । एक टिपर बालुवा सात–आठ हजार रुपैयाँमा पाइन्थ्यो ।  तिनाउको ढुङ्गा र बालुवा  रुपन्देही मात्र हैन बाहिरी जिल्लामा समेत धमाधम पुगे  । भारतमा मात्र दैनिक  सयौं टिप्पर  ढुङ्गा र बालुवा पुगेका थिए ।  यि त पुराना कुरा भए । हिजोआज  बुटवलमा  निर्माण समग्रीका रुपमा बालुवा र ढुङ्गा पाउन सकिंदैन । ढुङ्गा बालुवा बाहिरी जिल्लाबाट ल्याउनु पर्छ र मूल्य पनि निकै फरक छ । दुई वर्षअगाडि सात आठ हजार रुपैयाँमा एक टिप्पर पाईने बालुवा अहिले १३–१४ हजार पर्छ । १ हजार ८ सय देखि २ हजारसम्ममा पाउने ढुङ्गा अहिले ४ हजार देखि ४ हजार ५ सय प्रति ट्रक्याटरको पर्छ । ढुङ्गा ल्याउनको लागि पाल्पा, नवलपरासीको, कावासोती, कपिलवस्तुको बाणगंगा लगायतको नदीमा पुग्नुपर्ने अवस्था छ ।
‘कुनैे समय बालुवा र ढुंगाले  तिनाउको बहाव नै प्रभावित बनाई वस्तीमा पस्ने ब्यापक त्रास थियो भने हिजोआज तिनाउ खोतल्दै जाँदा पागो माटो भेटिन्छ’, जनताको तटवन्ध कार्यक्रमका ईन्जिनियर पूर्णलाल बि.क.ले भन्नुभयो ।  तिनाउ  नदीको सहायक नदिको रुपमा रहेको दानव नदीमा अहिले बाँध निर्माण गर्नका लागि सालझण्डी हँुदै  पाल्पाबाट ढुङ्गा ल्याउनु परेको छ , उहाँ भन्नुहुन्छ – ‘निरन्तरको दोहनले तिनाउका आसपासमा निर्माण गर्दा बाहरी जिल्लाबाट महंगो मूल्यमा ढुङ्गा खरिद गरी ल्याउनु परेको छ । अत्यधिक दोहनको परिणाम अहिले धेरैले यो समस्या ब्योहर्नु परेको छ ।’ क्रेसर उद्योगी  तथा  ईन्जिनियर यज्ञराज अधिकारीका अनुसार तिनाउ नदीको स्रोत नेपालमा १० प्रतिशत मात्र प्रयोग भएको हो भने ९० प्रतिशत भारत निकासी भएको अवस्था छ ।
केही वर्षपहिले तिनाउमा १२, १५ रुपयाँमा प्रति क्युफिट पाउने ढुङ्गा अहिले ४०, ४५ रुपैयाँ पुगेको छ । जसको मुख्य कारण ढुङ्गा लिनको लागि बाहरी जिल्लामा जानुपर्ने बाध्यता हो । ‘नदीमा विनापूर्वअनुमान  सरकारले  राजस्व आउने आसमा धमाधम  उत्खन्न गर्न दिँदा समस्या आयो’, उहाँले भन्नुभयो – ‘अहिले  खोला पनि रित्तियो समस्या पनि  थपियो ।’
नदीको उत्खनन घरायसी काममा पहिलेदेखि भएपनि ब्याबसायिक रुपमा २०५० सालयता  सुरु भएको हो । लगातार भारत निर्यात गर्न थालेपछि  रुपन्देहीमा क्रसर उद्योग निकै बढे । जिबिस रुपन्देहीले राम्रै राजस्व संकलन ग¥यो । जिविस रुपन्देहीका योजना अधिकृत उपेन्द्र ज्ञवालीका अनुसार तिनाउ नदीबाट निकासी हुने नदीजन्य पदार्थको कर नै एक महत्वपूर्ण  आधार बनेको थियो  । एक आर्थिक बर्षको लागि  २१ कारोड रुपैयाँसम्मको आम्दानी हुने गरेको थियो । हाल नेपाल सरकारले २०६७ चैत ७ गेतबाट बुटलको तिनाउ पुलदेखि तल टिकुलीगढ नाकासम्म १८ किलो मिटरमा कुनेै  पनि नदीजन्य पदार्थ निकासीमा रोक लागाएको छ ।
सरकारले रुपन्देहीका नदीहरु तिनाउ बाहेक दानब, कन्चन, रोहणी नदिमा उत्खननको लागि रोक लगाएको छ ।  तिनाउमा  रोक लगाए पनि अमुवा, टिकुलीगढ लगायतका स्थानबाट रातीको समयमा भने दोहन रोकिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय