खुल्यो चीन जोड्ने महत्वपूर्ण सडक

१२ पुष २०६९, बिहीबार ०७:३४ मा प्रकाशित

रासस/ काठमाडौं, १२ पुस । चीन सरकारको अनुदानमा निर्मित स्याफ्रुवेंसी-रसुवागढी सडक विधिवत्रुपमा सञ्चालनमा आएको छ। भौतिक योजना तथा निर्माण मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा निर्माता कम्पनीले सरकारलाई सडक हस्तान्तरण गरेको हो ।
एक अर्ब ५९ करोड ५० लाखको लागतमा तिब्बत होङजी कन्सट्रक्सन कम्पनीले निर्माण गरेको सोह्र किलोमिटर लामो उक्त सडकको निर्माण कार्य साढे दुईवर्षअघि सुरु भएको थियो।
मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला र नेपालका लागि चीनका राजदूत योङ हाउलानको उपस्थितिमा तिब्बत होङजी कन्सट्रक्सन कम्पनीका परियोजना संयोजक झु गुन्युले ग्राभेल सडक निर्माण सम्पन्न भएको प्रमाणपत्र सडक विभागका महानिर्देशक दिनकर शर्मालाई हस्तान्तरण गरे । त्यस अवसरमा सचिव सिटौलाले नेपालको विकास(निर्माणमा चीन सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै उक्त सडकलाई कालोपत्र गर्न आवश्यक सहायता जुटाइदिन चिनियाँ राजदूतसँग आग्रह गरे । सचिव सिटौलाको आग्रहको प्रत्युत्तरमा राजदूत याङले यसप्रति आफू सरकारात्मक रहेको बताउँदै नेपाल सरकारको सन्देश आफ्नो सरकारसमक्ष प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे । महानिर्देशक शर्माले उक्त सडक नेपाल-चीन मितेरीको प्रतीकको रुपमा रहेको उल्लेख गर्दै चक्रपथ विस्तारमा चीनले गरेको सहयोगको सराहना गरे ।

केही दिनअघि चीन र नेपाल सरकारबीच चक्रपथअन्तर्गत कलङ्की-कोटेश्वर खण्ड दश ‘लेन’मा विस्तार गर्न भएको द्विपक्षीय सहमतिको स्मरण गर्दै उनले चक्रपथको बाँकी खण्ड फराकिलो पार्न थप चिनियाँ मद्दतको अपेक्षा विभागले गरेको बताए । परियोजना संयोजक झुले कार्यस्थलमा स्थानीय बासिन्दा, प्रशासन र सरकारबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता परियोजना सञ्चालन गर्न कम्पनी तयार रहेको बताए ।
स्याफ्रुवेंसी-रसुवागढी सडक सञ्चालनसँगै रसुवागढीबाट २० किलोमिटर पर अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुग्न सहज भएको छ। चीनसँगको मुख्य व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी बार्ह२बिसे(तातोपानी सडकभन्दा भौगोलिक दृष्टिले सजिलो यो सडकको भरपुर उपयोग गर्दै चीनसँगको अर्बौंको व्यापार घाटा कम गर्न सकिने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी बताए ।
गत सोमबार चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागका कार्यकारी नायब निर्देशक सोनाम दोर्जी नेतृत्वको सात सदस्यीय चिनियाँ टोलीले सचिव जोशीसँगको भेटमा नेपालसँगको व्यापार सहजीकरणका लागि सीमा क्षेत्रका व्यापारिक नाकाको स्तरोन्नति तथा भौतिक पूर्वाधार निर्माण गरिदिने अभिरुचि प्रकट गरेको थियो।
केरुङनजिक सुक्खा बन्दरगाह बनाउने, प्रयोगशालासहितको क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने, सडक निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु चिनियाँ पक्षले नेपालको पूर्वाधार विकासलाई उच्च महत्व दिनु हो भन्ने बुझाइ सचिव जोशीको छ। स्याफ्रुवेंसी(रसुवागढी सडकबाट विशेषगरी कृषिउपज, खाद्यान्न, तयारी खाद्यपदार्थ, गलैंचा, निर्माण सामग्री केरुङ हुँदै चीनतर्फ निर्यात गर्न सकिने सम्भावना बढेर गएको छ।
चिलिमे, माथिल्लो त्रिशूली, सान्जेन, माथिल्लो सान्जेन र रसुवागढी जलविद्युत् आयोजना पनि उक्त मार्गमा पर्ने भएकाले चाँडोभन्दा चाँडो हस्तान्तरित बाटो पक्की गर्नुपर्नेमा जोड दिन्छन् चिलिमे जलविद्युत् आयोजनाका प्रबन्ध सञ्चालक कुलमान घिसिङ। अन्तर्राष्ट्रिय सम्पर्कको उक्त सडकलाई ग्राभेलमा मात्र सीमित राख्दा दुईचार वर्षायाम पछि खहरेमा परिणत हुने भएकाले सरकारले त्यसो हुन नदिनेमा उनी ढुक्क छन् ।
नेपाल-चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठ चीनले चारहजार ७२१ नेपाली वस्तुको निकासीमा दिएको भन्सार छुटको सुविधालाई नेपालले भरपूर उपयोग गर्नुपर्ने र त्यसका लागि केरुङ नाकाको प्रयोग व्यापक हुनुपर्नेमा जोड दिन्छन् । त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रथम उपाध्यक्ष पशुपति मुरारका चीनसँगको ब्यापार विस्तारका लागि सरल बैकिङ सुविधा, व्यापार सहजीकरणका लाागि पूर्वाधार विकास, सुविधासम्पन्न भन्सार नाकाको व्यवस्था, चीनमा खपत हुने वस्तुको गुणस्तर अभिवृद्धि र नेपाली उत्पादनलाई चिनियाँ बजारमा गुणस्तरको मान्यता प्राप्त हुनुपर्ने बताउछन् ।
नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष नीलकण्ठ चौलागाईं भौतिक पूर्वाधारको अभावमा अपेक्षाअनुरूप निर्यात हुन नसकेको र त्यसको विकासका लागि चीन सरकारसँग कूटनीतिक तहमा शीघ्र छलफल हुनु अपरिहार्य ठान्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार