पुरानो बटौलीलाई खुला संग्रहालयको रुपमा विकास गर्नुपर्ने

११ पुष २०६९, बुधबार १९:५८ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १२ पुस । बुटवलको पर्यटकीय विकासको लागि पुरानो बटौलीलाई खुल्ला संग्रहालयको रुपमा विकास गर्नुपर्ने धारणा सरोकारवालाहरुले राखेका छन् । पुरानो बटौलीलाई खुला संग्रहालयको रुपमा विकास गर्न सके त्यो आन्तरिक र बाह्य पर्यटक लोभ्याउने आकर्षक गन्तव्य बन्न सक्ने पनि उनीहरुको भनाई छ ।
बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो २०१२, अन्तर्राष्ट्रिय व्यापार मेलाको अवसरमा पर्यटन प्रवद्र्धन उपसमितिले आज आयोजना गरेको “बुटवल, ऐतिहासिक जितगढी र पर्यटन” विषयक गोष्ठीमा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
उनीहरुले बुटवलका ऐतिहासिक पर्यटकीय स्थलहरु जितगढी किल्ला, मणिमुकुन्द सेन, रामापिथेकस पार्क, हिलपार्क लगायतका क्षेत्रको एकीकृत ढंगले विकास गर्न सके पर्यटकहरुका लागि बुटवल विश्रामस्थल बन्न सक्ने पनि बताएका छन् ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै इतिहासविद निर्मल श्रेष्ठले पुरानो बटौली विकासका दृष्टीले ओझेलमा परेको भन्दै यसलाई खुल्ला संग्रहालय बनाउन सके बुटवलकै मुहार फेरिने बताउनुभयो ।
उहाँले बुटवलको ऐ्तिहासिक र प्राचीन महत्व बोकेको रामापिथेकस पार्कमा रहेको रामापिथेकसको अवशेष एसियामै पहिलो मानव अवशेष रहेको दावी गर्दै यसको प्रचारप्रसार र उजार हुन नसक्दा पर्यटकीय स्थल नै ओझेलमा परेको बताउनुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै संस्कतीविद डा. गितु गिरीले सिङ्गो लुम्बिनी अञ्चल पर्यटकीय दृष्टीले मुलुककै आकर्षक रहेको भन्दै त्यसमा पनि बुटवलमा रहेका पर्यटकीय स्थलहरु ऐतिहासिक र प्राचीन महत्वका रहेको चर्चा गर्नुभयो ।
अर्का टिप्पणीकार वातावरणविज्ञ विमलबहादुर शाक्यले बुटवलको पर्यटन प्रवद्र्धन हुन सके यसले सिङ्गो लुम्बिनी अञ्चलको पर्यटकीय विकासलाई टेवा पुग्ने बताउँदै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको पहिचान गरी विकास गर्न सके राष्ट्रले नै ठूलो आर्थिक लाभ लिन सक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोखरेलले मुलुकको आर्थिक विकास पर्यटनसँग पनि जोडिएकाले वर्षेनी आयोजना हुने मेला तथा प्रदर्शनीले पर्यटन प्रवद्र्धनमा योगदान दिने गरेको बताउनुभयो ।
कार्यक्रममा पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक माधव नेपालले ऐतिहासिक जितगढी किल्ला, पुरानो बटौली बजार जस्ता क्षेत्रको प्रचारप्रसार र उजागर हुन नसकेको भन्दै पर्यटन प्रवद्र्धनका लागि गरिएको गोष्ठीले सिङ्गो बुटवलको पर्यटन प्रवद्र्धनमा चासो राख्ने सबैलाई तरंग पैदा गरेको बताउनुभयो ।
कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले पर्यटन प्रवद्र्धनमा राज्यको ध्यान जान नसकेकाले निजी क्षेत्रबाट गरिने यस्ता प्रयासलाई राज्यलाई पनि दबाब पुग्ने धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो