लुम्बिनी एक्स्पोमा अटो पेभेलियनमा मात्रै ९ करोडको कारोबार

११ पुष २०६९, बुधबार १९:५२ मा प्रकाशित

रुपन्देही, ११ पुस । वुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०१२, अन्तर्राष्ट्रिय व्यापार मेलामा अटो क्षेत्रमा मात्रै झण्डै ९ करोड रुपैयाँको कारोबार भएको छ । अटो पेभेलियमा सहभागी विभिन्न कम्पनीका सञ्चालकहरुले लुम्बिनी एक्स्पोका क्रममा आफ्ना उत्पादनका गाडीहरु धमाधम बिक्री तथा बुकिङ भैरहेको बताएका छन् । लुम्बिनी एक्स्पोको मुख्य प्रायोजक बनेको भुसाल ट्याक्टर सप्लायर्सले मात्रै डेढ करोड भन्दा बढीको कारोबार गरेको छ । न्यू होलायण्ड कम्पनीको नेपालकै अधिकृत बिक्रेता भुसाल ट्याक्टर सप्लायर्सका सञ्चालक बालकृष्ण भुसालका अनुसार मेलाबाटै ११ वटा ट्याक्टर बुकिङ भएका छन् ।
त्यस्तै हुण्डाई कम्पनीले ३६ लाखको कारोबार गरेको छ । उसले बुधबार सम्म दुईवटा गाडी बिक्री गरिसकेको छ भने आईसिएमएल सोनालिका कम्पनीले चारवटा ट्याक्टर बिक्री गरेको छ । उसको कारोबार ४० लाख भन्दा बढी पुगेको बताइएको छ । त्यस्तै सपना अटो मोबाईल्सले १५ लाख बराबरको कारोबार गरेको छ ।
लुम्बिनी एक्स्पोमा सहभागी बनेको फोड कम्पनीले करिव डेढ करोडको कारोबार गरेको छ । उसले चारवटा गाडी बिक्री गरिसकेको छ । त्यस्तै अटो पेलियनमा राखिएका विभिन्न कम्पनीका मोटरसाईकलहरुको पनि बिक्री राम्रो रहेको व्यवसायीहरुले बताएका छन् । अटो क्षेत्रमा कारोबार राम्रो रहेकाले लक्ष्य भन्दा प्रगति हासिल हुने संभावना बढेको संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक टंक पोखरेलले जानकारी दिनुभयो ।
मेला आयोजक रुपन्देही व्यापार संघले मेला अवधिभर २५ करोडको कारोबार गर्ने लक्ष्य राखेको छ । मेलामा दर्शक सहभागिता पनि उत्साहजनक रहेको आयोजकहरुको भनाई छ । संघका महासचिव यमलाल लोहनीले बुधबार पनि ८० हजार दर्शक मेला अवलोकनका लागि भित्रिएको बताउनुभयो । मेलामा बुधबार भएको सांस्कृतिक कार्यक्रममा दर्शकहरु झुम्मिएका थिए । बुधबारदेखि मेलामा हेकिप्टरबाट दृश्षवलोकन गराइएको छ । खराबम ौसमका कारण यसअघि उडान गर्न नसकिएको हेलिकप्टर बुधबार मौसमले साथ दिएपछि उडान गरिएको हो । हेलिकप्टरबाट यस क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको दृश्यावलोकन गराइनुका साथै बुधबार पुष्पवृष्टि पनि गरिएको संघका अध्यक्ष टंक पोखरेलले बताउनुभयो । मेलामा राखिएका कृषि, हस्तकला, खाद्य सामग्री, गार्मेन्ट, फूटवेयर, इलेक्ट्रोनिक्स, गार्मेन्ट, अष्ट्रिच जस्ता स्टलहरुमा उपभोक्ताहरुको बढी भीड देखिएको छ । त्यस्तै बुटवल मेलामा पहिलोपटक राखिएको हाते ट्याक्टरमा पनि उपभोक्ताहरु आकर्षित भएका छन् । तराई, पहाड र हिमाल जस्तोसुकै ठाउँमा सहजै लैजान र प्रयोग गर्न सकिने हाते ट्याक्टर फोर्स कन्स्ट्रक्सन एण्ड एशोसिएट्स प्रा.लि. काठमाडौंले प्रदर्शनका लागि ल्याएको हो ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार