माओवादी केन्द्रीय समिति बैठक स्थगित

१३ चैत्र २०६८, सोमबार ०९:०९ मा प्रकाशित

काठमाडौ, १३ चैत । एकीकृत नेकपा माओवादी सस्थापन पक्षले बोलाएको आजको केन्द्रीय समिति बैठक स्थगित भएको छ । अपरान्ह २ बजेको लागी पार्टी कार्यालय कोटेश्वरमा बोलाईएको बैठकमा उपाध्यक्ष मोहन वैद्यसमूहले पार्टी नेतृत्व र सरकारकाविरुद्ध सुरु गरेको दवाव अभियान, उसको मोर्चाबन्दीका विषयमा छलफल हुने कार्यक्रम रहेको थियो । आजको बैठकमा वैद्यपक्ष भने सहभागि नहुने भएपछि आन्तरिक कारण जनाउँदै माओवादीले बैठक स्थगित गरेको हो ।
माओवादी प्रवक्त एवम शिक्षा मन्त्री दिनानाथ शर्माले बैद्य पक्षलाई पनि सहभागी गराउने प्रयास जारी रहेको, संविधानसभाको बैठक जारी रहेको र आन्तरिक तयारी समेत नपुगेकोले अर्को दिन पुन बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म वैठक बस्नुको औचित्य नरहेको भन्दै वैद्य समूहले छलफलमा नआउने स्पष्ट पारिसकेको थियो ।
बैठकमा शान्ति र संविधानलाई केन्द्रित गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुदागत प्रस्ताव राखेपछि त्यसलाई केन्द्रित गरेर वैद्यपक्ष विरुद्ध संघर्षका कार्यक्रम ल्याउने तयारी भएको थियो ।
वैद्य समूहभित्रै पनि पार्टीभित्रै संघर्ष गर्ने र पार्टी फुटाउनै पर्ने दुई धार रहकाले पार्टींभित्रै संघर्ष गर्नेहरुलाई मिलाउन रणनीति तयार गर्ने तयारी संस्थापन पक्षको थियो । सस्थापनपक्षले वैद्यपक्षले चलाएको आन्दोलनलाई निस्तेज पार्न गाउँ तहसम्मका जनपरिचालनका कार्यक्रम ल्याउने तयारी गरे थियो । संस्थापन पक्षको आजको बैठकलाई हेरेर वैद्य समूहले पनि भोलि छुट्टै केन्द्रीय समिति बोलाउने तयारी गरेको थियो । तर बैठक स्थगित भएपछि तत्कालको लागी त्यस्तो अवस्था टरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले