‘मुलुक दुर्घटनातर्फ उन्मुख हुँदैछ’

११ पुष २०६९, बुधबार १७:४१ मा प्रकाशित

चितवन, ११ पुस । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुक दुर्घटना तर्फ उन्मुख हुँदै गएको बताएका छन् । उनले अबको केही दिन भित्र पनि दलहरुबीच सहमति हुन नसके मुलुक दुर्घटनातर्फ जाने निश्चित रहेको चितवनमा आज आयोजित एक कार्यक्रममा बाताएका हुन् ।
मन्त्री श्रेष्ठले वर्तमान गतिरोधको समयमै व्यवस्थापन गर्न नसके देशले नोक्सानी व्यहोर्नु पर्ने भन्दै संविधानसभाको पुनःस्थापना हुन नसके पनि चाँडै दलहरुका बीचमा सहमति भएर नयाँ संविधानसभाको निर्वाचनका निम्ति वातावरण बन्नुपर्ने बताए ।
सङक्रमणकाललाई सकारात्मक किसिमले अन्त्य गर्न आफ्नो पार्टी तयार रहेको भन्दै उनले सहमतिको सरकार र नयाँ संविधानसभाको निर्वाचन गर्ने कुरामा दलहरु बीचमा विवाद हुन नहुने उनको भनाई थियो । संविधानसभाको निर्वाचनको सुनिश्चितता भए आफूहरु मार्ग प्रशस्त गर्न तयार रहेको भन्दै मन्त्री श्रेष्ठले जोसुकै व्यक्तिको नाम पनि आफूहरुलाई स्वीकार्य हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

आजको प्रमुख समाचार