वार्ताको प्रक्रियाबाट बाहिरिदै आन्दोलनमा जानुपर्छः गगन

११ पुष २०६९, बुधबार १५:५७ मा प्रकाशित

काठमाडौ, ११ पुस । नेपाली काग्रेसका केन्द्रीय सदस्य गगन थापाले एमाओवादीले २०७१ सालको बैशाख भन्दा अघि निर्वाचन नचाहेकोले अब बहुमत बाट प्रधानमन्त्री छान्ने प्रक्रियाको लागि थोरै दिनको अल्टिमेटम दिएर पार्टी आन्दोलनमा जानु पर्ने धारणा राखेका छन् ।
पछिल्लो समय प्रधानमन्त्रीलाई भेटेर पार्टी सभापतिको लागि नयाँ प्रस्ताव लगेको विषयलाई लिएर पार्टी भित्र आलोचना खेपिरहेका थापाले रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा अब पार्टी बार्ताको प्रक्रियाबाट बाहिरिनु पर्ने बताए ।
क्लबका उपाध्यक्ष बैकुण्ठ ढुङगानाको सभापतित्वमा भएको साक्षात्कारमा उनले भने– अब वार्ताबाट कुरा मिल्दैन । बार्ताको नाटकमा नअल्मलिए पनि हुन्छ । एमाओवादी र काग्रेसवीच अझै दर्जन बढी बार्ता भए पनि सहमति बन्न सकदैन । त्यसैले अब यो प्रक्रिया छाड्नु पर्छ ।
थापाले प्रधानमन्त्री र एमाओवादी अध्यक्ष एक अर्कालाई दोष दिएर अहिलेको प्रक्रियालाई लम्ब्याउने षडयन्त्रमा रहेको दावी गर्दै अब काग्रेस भ्रमबाट बाहिर निस्किएर एमाओवादीलाई तीन दिनको समय दिएर त्यसमा पनि नभए आन्दोलनमा जानु पर्ने बताए ।
आफूहरुलाई प्रधानमन्त्रीले भेटन बोलाएर आफै  विषय सार्वजनिक गरेर बदनाम गर्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्रीले आफूहरुसँग आफ्नो नेतृत्वमा नेपाली काग्रेस सहभागि नभएसम्म प्रचण्डले सहमति गरेपनि आफूले कुनै पनि हालमा सरकार नछाड्ने चेतावनी मात्र दिएको उनले जानकारी दिए ।
सबै संबैधानिक र राजनीतिक संकट अहिलेकै सरकारबाट टुङग्याएर निर्वाचनको लागि काग्रेसलाई नेतृत्व हस्तान्तरण गर्ने विच बाटोको प्रस्तावलाई समेत प्रधानमन्त्रीले अस्विकार गरेको जानकारी दिदै अब राष्ट्रपतिले जति पटक समय दिए पनि सहमति बन्नै नसक्ने ठोकुवा गरे । उनले थपे–अब राष्ट्रपतिले समय दिने होईन । काग्रेसले तीन दिनको समय दिएर नभए आन्दोलनमा जानु पर्छ । हाम्रो पहिलो रोजाईनै आन्दोलन हो ।
बाबुराम भट्टराईको नेतृत्वमा नेपाली काग्रेस सहभागि हुने विषय नेपाली काग्रेसमा छलफलको सामान्य एजेण्डा समेत बन्न नसक्ने ठोकुवा गर्दै उनले भने–बाबुरामजीले नछाड्ने र काग्रेस सहभागि नहुने अडानले स्पष्ट भईसकेको छ अब वार्ताबाट निकास निस्कन सक्दैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

आजको प्रमुख समाचार