ठुला दल चुनाव चाहदैनन

११ पुष २०६९, बुधबार १५:५५ मा प्रकाशित

सर्लाही, ११ पुस । आदिवासी जनजाती महासंघका अध्यक्ष राजकुमार लेखीले ठुला दलले निर्वाचन नचाहेको आरोप लगाएका छन् । लालबन्दीमा आज आयोजित पत्रकार भेटघाटमा बोल्दै लेखीले आलोपालो गरेर पद पाइने भएकाले ठूला दलका नेताले निर्वाचन नचाहेको दावी गरेका हुन् ।
उनले ठूला दलबाट निकासको कुनै संभावना नरहेको पनि दावी गरे । ‘मुलुकलाई संकटमा पारेर आलोपालो पदमा पुग्ने संभावना निर्वाचनपछि गुम्छ,’ उनले भने, ‘जनतासँग बेइमानी गरेका नेताले चुनाव नजित्ने कुरा बुझिसकेका छन् ।’ उनले राष्ट्रपति, प्रधानमन्त्री, तीन ठूला दल र मधेसी मोर्चा सत्ता गुम्ने डरले निर्वाचनमा जान नचाहेको आरोप लगाए ।
काँग्रेस र एमालेको तागतले मात्र बाबुराम भट्टराई नेतृत्वको सरकार नढल्ने स्पष्ट पार्दै उनले प्रचण्डको सहयोग नभएसम्म वर्तमान सरकार चलिरहने दावी गरे । सरकार ढाल्न प्रचण्डले सहयोग गरे पार्टी फुट्ने खतरा रहेकोले अन्यौल कायम रहने उनले स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो

आजको प्रमुख समाचार