सिन्जो आवे बने जापानका नयाँ प्रधानमन्त्री

११ पुष २०६९, बुधबार १५:४५ मा प्रकाशित

टोकियो, ११ पुस । जापानको नयाँ प्रधानमन्त्रीका रुपमा सिन्जो आवे चयन भएका छन् । जापानको तल्लो सदन डायटले आज आवेलाई जापानको प्रधानमन्त्री निर्वाचित गरेको हो ।
डेढ साताअघि भएको आम निर्वाचनमा उनको दल लिबरल डेमोक्रेटिक पार्टीले संसदमा स्पष्ट बहुमत प्राप्त गरेको थियो । नयाँ निर्वाचनपछि बुधबार बसेको संसदको तल्लो सदन डायटको पहिलो अधिवेशनले उनलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको औपचारिक जानकारी गराइएको समाचार एजेन्सीले जनाएका छन् । आवे यसअघि पनि छोटो कार्यकालका लागि प्रधानमन्त्री थिए ।
संसदको तल्लो सदनमा भएको निर्वाचनमा आवेको पक्षमा ३ सय २८ र डेमोक्रेटिक पार्टीका नयाँ नेता बान्री केइदाको पक्षमा ५७ मत परेको थियो । लिबरल डेमोक्रेटिक पार्टी नेता ५८ वर्षीय अबे जापानका एक वरिष्ठ राजनीतिज्ञ हुन् । जापानमा नयाा आर्थिक सुधार र चीनसँगको सम्बन्ध विस्तारको एजेण्डासहित आवे निर्वाचनमा गएका थिए । उनले जापानको आर्थिक मन्दीको उकास्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको