धुव्रे चितवनमै, फेरी मच्चायो आतङक

११ पुष २०६९, बुधबार १५:३३ मा प्रकाशित

चितवन, ११ पुस । । चितवनको माडी क्षेत्रमा आतङक मच्चाउँदै आएको जङगली हात्ती ध्रुवेले गएराति पश्चिम चितवनको मेघौलीमा फेरि आतङक मच्चाएको छ । निकुञ्ज प्रशासनले हात्तीलाई नियन्त्रणमा लिन सकेको छैन ।
मेघौली गाविस वडा नम्बर ५ मा रहेको सुकुम्बासी बस्ती मुसहर टोलमा प्रवेश गरी ध्रुवेले शुकराम मुसहरको घर पूणरुपले क्षति पु¥याएको छ । सुतिरहेका बेला हात्ती प्रवेश गरेर चामल राखेको ड्रम कुच्याउन थालेपछि शुकराम घरको बार भत्काएर बाच्न सफल भएका छन् ।
यस्तै ध्रुवे हात्तीले गएराति नै मेघौली विमानस्थल नजिकै रहेको कोसी टप्पु हात्ती सारमा बाधेर राखिएको एक बुडी हात्तीलाई पनिसँगै लिएर गएको मेघौली उपभोक्ता समितिका अध्यक्ष माहाराम चौधरीले जानकारी दिएका छन् । हात्तीसारमा रहेका तीनवटा  हात्तीको सहयोगमा हात्तीको खोजी कार्य बिहानैबाट सुरु गरिएको छ । निकुञ्ज प्रशासनले पनि रेडियो कलरको सिग्नलका आधारमा ध्रुवे निकुञ्जको टाइगर टप्स क्षेत्रमा रहेको बताएकाले मेघौलीमा गएराति क्षति पु¥याउने हात्ती ध्रुवे नै भएको संका गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार