घट्यो प्याजको मुल्य

११ पुष २०६९, बुधबार १५:१९ मा प्रकाशित

काठमाडौं, ११ पुस । राजधानीमा प्याजको मुल्य घटेको छ । भारतीय उत्पादनका प्याज नेपाली बजारमा आउन थालेपछि प्याजको भाउ घटेको व्यापारीहरुले जानकारी दिएका छन् ।
व्यपारहरुको अनुसार आयात हुने परिमाण झण्डै आधाले बढेकाले प्याजको भाउ किलोमा २ देखि ३ रुपैंयाले घटेको छ । काठमाडौंको कालिमाटी थोक बजारमा सोमवारसम्म ४० टनको हाराहारीमा भित्रने गरेकोमा मंगलवार देखि भने ७० देखि ८० टन सम्म प्याज भित्रिएको बिक्रेताहरुले बताएका छन् ।
धेरै आएपछि भाउ घटेर किलोको ३१ देखि ३२ रुपैंयामा झरेको छ  । भारतबाट हुने आयातमा सुधार हुँदै जाने भएकाले विस्तारै भाउ पनि घट्दै जाने बिक्रेताहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार