भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

११ पुष २०६९, बुधबार १५:१३ मा प्रकाशित

काठमाडौं, ११ पुस । भारत भ्रमणमा रहेका राष्ट्रपति राष्ट्रपति डा रामबरण यादवले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो गरेका छन् । भारतका राष्ट्रपतिको निवासमा भएको दुई मुलुकका राष्ट्रपति विचको भेटवार्ताको क्रममा राष्ट्रपति यादवले मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
त्यसको जवाफमा भारतीय राष्ट्रपतिलेसमय मिलाएर आफू नेपाल आउने जानकारी दिदै नेपाल भ्रमणमा आउन आफू उत्सुक भएको बताएका थिए । भारतीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार भेटवार्तामा भारतीय राष्ट्रपतिले नेपालको राजनीतिक गतिरोध लम्बिनुको कारण, सहमतिको अवस्था, निर्वाचन, नेपालको शान्ति र स्थायित्वको विषयमा जिज्ञासा राखेका थिए ।
भारत शान्त र स्थीर नेपालको पक्षमा रहेको भन्दै सहमतिमा निर्वाचन हुनु पर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति यादवले दलहरु सहमतिको नजिक रहेको निर्वाचनको विषयमा एक मत रहेको भन्दै छिट्टै सहमति बन्ने विश्वास ब्यक्त गरेका थिए ।
राष्ट्रपति यादवसँग आजै भारतीय काग्रस आईका महामन्त्री जनार्दन द्विबेद्वीले समेत भेटवार्ता गरेर नेपालको राजनीतिक अवस्था, सहमति, निर्वाचन लगायतका विषयमा चासो प्रकट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार