राज्यपुर्नसंरचना आयोगको प्रतिवेदनमाथिको छलफल सुरु, सभासदहरुवीच मतभेद

१३ चैत्र २०६८, सोमबार ०९:०३ मा प्रकाशित

काठमाडौ, १३ चैत । राज्य पुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनमाथि आजबाट संविधानसभामा छलफल सुरु भएको छ ।

आयोगको प्रतिवेदनमाथि दलिय आधारमा सभासद्हरुले छलफलमा भाग लिएका छन् । छलफलमा भाग लिँदै एकीकृत नेकपा माओवादीका सभासद् हितमान शाक्यले संविधानसभाको राज्यपुनर्संरचना समितिकै मस्यौदालाई आधार मानेर संघियतामा जानुपर्ने बताउनुभयो । उहाँले अवशिष्ट अधिकार, दलितको विशेषाधिकार लगायतका केही बिषयहरु मात्र आयोगको प्रतिवेदनबाट ग्रहण गर्न सकिने स्पष्ट
पार्नुभयो । दलहरुले चुनावी घोषणापत्रमा जनाएका प्रतिवद्धताबाट पछि हटेर संघियताबारे वकालत गरिरहेको भन्दै सभासद् शाक्यले सबैले स्विकारेको प्रतिवद्धतामा अडान नराख्न दलका नेताहरुलाई सुझाव दिनुभयो ।

नेपाली कांग्रेसका सभासद् नरहरी आचार्यले  भूगोल जनसंख्या, पहिचान लगायतका बिषयलाई आधार मानेर संघियता निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिवेदनमा उल्लेख भएको अखण्ड भन्ने शब्द प्रति आपत्ति जनाउनुभयो ।
नेकपा एमालेका सभासद् शंकर पोखरेलले आयोगले प्रतिवेदन तयार गर्दा बिबादित बिषयमा सहमति जुटाउन प्रयास नगरेको दावी गर्नु भयो । उहाँले राज्यपुनर्संरचना जस्तो जटिल मुद्दामा देखिएको बिबादलाई हल गर्नुको साटो आयोगको प्रतिवेदनले पुरानो प्रतिवेदनलाई बिस्थापित गर्न खोजेको आरोप
लगाउनुभयो । उहाँले आयोगको प्रतिवेदन एक पक्षिय हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सर्वदेव ओझाले आयोगको प्रतिवेदन सुझाव मात्र भएकाले सकारात्मक रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।
फोरम गणतान्त्रिकका चन्द्रीकाप्रसाद यादवले आयोगले एक मधेस एक प्रदेशको अवधारणालाई अस्विकार गरेर विखण्डन गरेको आरोप लगाउनुभयो । प्रतिवेदनमाथि छलफलका लागि सभासद्हरुलाई दलिय आधारमा समय उपलब्ध गराइएको छ । संविधानसभामा दैनिक छ घण्टाका दरले चार दिनसम्म छलफल हुनेछ ।
आयोगको प्रतिवेदनमा बहुमतबाट भावी नेपालको संघीय संरचना एक गैर भौगोलिक सहित ११ प्रदेशको प्रस्ताव गरिएको छ भने अल्पमतबाट ६ प्रदेशको प्रस्ताव गरिएको छ । प्रतिवेदनमाथि तीन दिनसम्म छलफल हुने र त्यसपछि छलफलबाट आएका सुझाव सहित संबैधानिक समितिमा पठाईने छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले