पोपद्वारा चीनको ‘प्रशंसा’

११ पुष २०६९, बुधबार १०:०४ मा प्रकाशित

एजेन्सी/ ११ पुस । भेटिकनमा इसाईका सर्वोच्च धर्मगुरु पोप वेन्डिक्ट १६औँ ले ऐतिहासिक सेन्ट पिटर्स वैसिलिकामा हजारौँ श्रद्धालुहरुलाई क्रिसमसको अवसरमा सन्देश दिने क्रममा संसारभर शान्तिका लागि आह्वान गरेका छन् । पोपले आफ्नो सन्देशको सुरुमै चिनीयाँ नेतृत्वका लागि प्रार्थना गरिदिँदै समाजमा धर्मको योगदानको सम्मान र कदर गर्न आग्रह गरे ।
पोपको मान्यता छ कि चीनमा एक भाइचारावाला समाज बनाउनमा धर्मको अहम् भूमिका हुन सक्छ । यस क्रममा पोपले चिनीयाँ नागरिकलाई ‘महान’ भनी प्रशंसा समेत गरे ।
स्मरण रहोस्, यसैवर्ष शंघाईमा चिनीयाँ अधिकारीहरुले एक नयाँ क्याथोलिक विशपलाई जेल हालिदिएका थिए जसका कारण चीन र भेटिकनबीच सम्बन्ध चिसो बन्न पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट संग डराइहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । उनले यो ‘ओमिक्रोन’

हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार

नेपिडाउ, म्यानमार । म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित

क्यानबेरा । अस्ट्रेलिया सरकारले कोभिड–१९ को ओमिक्रोन संस्करणको बढ्दो चिन्ताको कारण देशको सिमानाहरू खुला राख्न ढिलाइ गरेको छ । प्रधानमन्त्री