भारत भ्रमणबाट ‘उर्जा’ लिएपछि राष्ट्रपतिले ठोस कदम चाल्ने

११ पुष २०६९, बुधबार ०९:२७ मा प्रकाशित

काठमाडौं, ११ पुस । आफू फर्केर आउँदासम्ममा सहमतिमा पुग्न आह्वान गर्दै भारत भ्रमणमा निस्किनुभएका राष्ट्रपति रामवरण यादवले भ्रमणमा निस्कनुअघि सोमबार बिहान दिवङ्गत संविधानसभामा उपस्थित रहेका राजनीतिक दलका नेताहरूलाई शीतलनिवासमा बोलाउनुभएको थियो । ठूला दलका दुईरदुई र साना दलका एक–एक नेतालाई भेला गरेर राष्ट्रपतिले करिब आधा घण्टा आफ्ना कुरा राख्नुभयो, तर दलका कुनै पनि नेतालाई उहाँले बोल्ने मौका दिनुभएन । सहमति बन्न नसक्दा देशको भविष्य अन्योलग्रस्त बनेको र राजनीतिक दलहरूप्रति जनविश्वास ह्रास भएको बताउँदै उहाँले अब पनि सहमति गरेर चुनावमा जान नसके प्राप्त उपलब्धि गुम्नेतर्फ सहभागी नेतालाई सचेत गराउनुभएको थियो । दलका नेताहरू राष्ट्रपतिले आजै निकास दिने आशा र विश्वासका साथ शीतलनिवास पुगेका थिए । तर, राष्ट्रपतिले सहमतिका निम्ति पुनः समयावधि थप गरेर आफ्नो वाणीमा विश्राम लगाउँदै नेताहरूलाई जलपान गर्न आग्रह गर्नुभयो ।
नेमकिपाका नेता नारायणमान बिजुक्छेले हात उठाउँदै आफूले केही भन्न चाहेको बताउनुहुँदा राष्ट्रपतिले ‘आज नबोल्ने’ भन्दै रोक्नुभयो । सहभागी नेताहरूले हामी सबैका तर्फबाट नारायणमानजीले बोल्नुहुन्छ भनेपछि बिजुक्छेले बोल्न मात्र के सुरु गर्नुभएको थियो विश्वेन्द्र पासवानले सबैका तर्फबाट बिजुक्छेले मात्र बोल्ने कुरामा विमति जनाउँदै आफूले पनि बोल्न पाउनुपर्ने जिकिर गर्नुभयो । त्यसपछि होहल्लाको वातावरण बन्यो र राष्ट्रपतिले ‘भैगो कसैले पनि नबोल्ने’ भन्दै रोक लगाउनुभयो । त्यसपछि सबै नेताहरू जलपान गर्नतिर लागेका थिए । रोक्दारोक्दै पनि नारायणमानले ‘बाबुराम भट्टराईले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको कुरा के हो’ भनी प्रश्न गर्नुभएको थियो । तर, राष्ट्रपातिले त्यसको कुनै जवाफ दिनुभएन । त्यसपश्चात् राष्ट्रपतिले उपलब्ध गराउनुभएको जलपान गरेर नेताहरू हिस्स हुँदै शीतलनिवासबाट फर्किएका थिए । दलहरूलाई पुस १४ गतेसम्म समझदारीका लागि मौका उपलब्ध गराइएको छ । भारत भ्रमणबाट बलियो भई फर्किएपछि राष्ट्रपातिले ठोस कदम चाल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्