विशेष समिति अन्र्तगतको सचिवालयले समायोजनको प्रतिवेदन तयार गर्दै

१३ चैत्र २०६८, सोमबार ०९:०० मा प्रकाशित

काठमाडमौ, १३ चैत । माओवादी लडाकूको रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समिति अन्र्तगतको सचिवालयले सेना समायोजनको मापदण्ड सहितको प्रतिवेदनलाई अन्तिम रुप दिदैछ । हिजोदेखि छलफलमा रहेको सचिवालयले आज थप छलफल गरि सेना समायोजनको मापदण्ड सहितको प्रतिवेदनलाई अन्तिम रुप दिनेछ । विशेष समितिले पाँच दिनभित्र सेना समायोजनको मापदण्ड बनाएर समितिमा पेश गर्न निर्देशन दिएको थियो । माओवादी लडाकूलाई स्वच्छिक अवकास, पुनस्थापनाका विकल्प राखेर, उमेर, शिक्षा, जनयुद्धमा लागेका अवधिलाई आधार बनाएरु मापदण्ड तयार गरिदैछ । सैनिक मापदण्ड अनुसार नै समायोजन प्रक्रिया सुरु हुनेभए पनि उमेर, शिक्षा, वैवाहिक अवस्थामा लचकता अपनाइएको छ । सेनाले गरेको प्रस्ताव र सातबुदे सहमतिलाई आधार बनाएर समायोजनको प्रस्ताव तयार गर्न लागेको सचिवालयका सदस्य गोपालसिंह बोहराले जानकारी दिनुभयो । बोहराका अनुसार सम्भव भए आजै नभए भोलि सम्म प्रतिवेदन विशेष समितिलाई बुझाइनेछ । सचिवालयमा पनि सेनाका कति मापदण्ड छाड्ने र कति पालना गर्ने भन्नेमा एकमत हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव