सत्ताधारी गठबन्धनले फेरि संविधानसभा पुन:स्थापनाको मुद्दा ब्युँतायो

१० पुष २०६९, मंगलवार २०:५१ मा प्रकाशित

काठमाडौं, १० पुस । नयाँ संविधानसभाका लागि निर्वाचनको चर्चाले राजनीतिक माहोल तातिरहेको परिवेशमा सत्ताधारीहरुको संघीय लोकतान्त्रिक गणतन्त्रिक गठन्धनले विघटित संविधानसभालाई पुनःस्थापना गर्नुपने विषयलाई फेरि ब्युँताएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा मंगलबार बसेको गठबन्धनको सचिवालय बैठकले संविधानसभा पुनःस्थापनका लागि छलफल चलाउने निर्णय गरेको हो । त्यसका लागि भोली बुधबार पुनः परामर्श गर्ने निर्णयसमेत गठबन्धनले गरेको छ ।
बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईकै वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गर्दै ‘यसलाई नै राष्ट्रिय सरकार बनाउने निर्णय दोहोरयाएको बताइएको छ ।
वर्तमान सरकारलाई सहमतीय सरकार बनाउन नसके गठबन्धनबाटै प्रधानमन्त्रीको विकल्प खोजीने पनि गठबन्धन बैठकको निर्णयमा उल्लेख छ । ‘

प्रतिक्रिया
सम्बन्धित खवर

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार