लुम्बिनी एक्स्पोमा प्रमुख पर्यटकीय स्थलको फोटो र वृत्तचित्र हेर्नेको घुइँचो

१० पुष २०६९, मंगलवार २०:३६ मा प्रकाशित

रुपन्देही, १० पुस । बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो २०१२ तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा राखिएको फोटो तथा वृत्तचित्र प्रदर्शनीमा दर्शकहरुको आकर्षण बढेको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीको अशोक स्तम्भ, अंग्रेज फौजलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्द सेन, पाल्पाको रानीघाट, बुद्धसँग सम्बन्धित क्षेत्र तिलौराकोट, देवदह, नवलपरासीको रामग्राम, गुल्मीको रेसुङ्गा, बुटवलको हिलपार्कलगायतका प्रमुख पर्यटकीय स्थलहरुका तस्वीर फोटो प्रदर्शनीमा राखिएका छन् ।
फोटो तथा वृत्तचित्र अवलोकनका लागि जाने दर्शकहरुले फोटो प्रदर्शनीले ओझेलमा परेका र संरक्षण हुन नसकेका पर्यटकीय स्थलहरुको उजागर गरेको भन्दै यस्ता पर्यटकीय स्थलहरु अझै थुप्रै रहेकाले आगामी दिनमा सबै पर्यटकीय क्षेत्रहरुको तस्वीर समेट्न सुझाव दिएका छन् । साथै उनीहरुले फोटो प्रदर्शनीले पर्यटन क्षेत्रको विकासका लागि राज्यलाई दबाब पुग्ने प्रतिक्रिया समेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

आजको प्रमुख समाचार