पूर्वप्रहरीहरु प्रहरी संगठनको ब्राण्ड एम्बेस्डर : आईजीपी राना

१० पुष २०६९, मंगलवार २०:१२ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १० पुस । सेवा निवृत्त प्रहरीहरु समाजमा नेपाल प्रहरी संगठनको ब्राण्ड एम्बेसडरको रुपमा रहेको र संगठनमा पूर्वप्रहरीहरुको प्रत्यक्ष संलग्नता नरहे पनि उनिहरुले संगठन विकासमा महत्वपूर्ण भूमिका रहेको एक कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले बताउनु भएको छ । मंगलबार भैरहवामा आयोजित नेपाल पूर्वप्रहरी संगठनको आठौँ राष्ट्रिय महासम्मेलनमा बोल्दै महानिरिक्षक रानाले पूर्वप्रहरीहरु सेवानिवृत्त भएपनि नथाकी देश तथा समाजको हितमा लागीरहनु पर्ने र सामाजिक उत्तरदायित्वबाट बिमुख हुन नसक्ने जिकीर गर्नुभयो ।
पूर्वप्रहरी तथा अमर प्रहरीको परिवारजन तथा घाईते प्रहरीहरुको हकमा नेपाल प्रहरी ज्यादै सम्वेदनशील रहेको र उनीहरुको सेवा–सुविधाको लागी प्रहरी कल्याणकारी कोषलाई निरन्तर प्रभावकारी रुपमा अघि बढाउने, पूर्वप्रहरीहरुको औषधि खर्चको अनुदान पच्चिस लाखबाट बढाई  पैतिस लाख पुरयाईएको, क्रिया खर्चवापत उपलब्ध गराईने रकमा बृद्धि गर्न समेत पहल गर्ने पनि आइजीपी रानाले बताए ।
नेपाल पूर्वप्रहरी संगठनका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रहरी महानिरिक्षक दिलबहादुर लामाको अध्यक्षता र प्रहरी महानिरिक्षक कुबेर सिंह रानाको प्रमुख आथ्यितामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार