ट्राफिक प्रहरीलाई रेस्क्यु प्रशिक्षण

१० पुष २०६९, मंगलवार १७:५७ मा प्रकाशित

काठमाडौं, १० पुस । हेल्थ कन्र्सन र राष्ट्रिय नीजि यातायात उपभोक्ता संघ नेपालको संयुक्त आयोजनामा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज कार्डियो पलमनरी रेस्क्यु प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा हेल्थ कन्र्सनका डा. सुभाष प्याकुरेलले विभिन्न कारणले दुर्घटनामा परी वेहोस अवस्थामा रहेका बिरामीहरुलाई रेम्क्युको माध्यमबाट होसमा ल्याई जीवन बचाउन सकिने बताउनुभयो । सवारी दुर्घटनामा परी वेहोस भएका घाइतेहरुलाई बचाउनको लागि विशेषत ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकोले उक्त कार्यमा ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने उल्लेख गर्दै डा. प्याकुरेलले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन कार्य गर्दा दुर्घटनाको अवस्थामा आइपर्ने चुनौतीहरुलाई समाधान गर्न तथा उद्दार कार्य गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो ।
वेहास भएका व्यक्तिहरुलाई उद्दार गर्ने कार्यको प्रर्दशनी गरिएको सो कार्यक्रममा उपत्यकास्थित ट्राफिक प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार