निर्वाचन आयोगले नियम मिचेको फोरम गणतान्त्रिकको आरोप

१० पुष २०६९, मंगलवार १५:३२ मा प्रकाशित

काठमाडौ, १० पुस । नन्दन दत्त कार्यबहाक सभापति रहेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले निर्वाचन आयोगले ऐनको प्रावधानलाई मिचेर पार्टीको आधिकारिकताको विषय टुङग्याउने षडयन्त्र गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।
सो समूहले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गत भदौ १५ गते बहुमत सदस्य स–शरिर उपस्थित भएर आधिकारिकताको लागि निवेदन दिएकोमा निर्वाचन आयोग सरकारको प्रभावमा परि निर्वाचन आयोग ऐनको धारा २६ को उपधारा २, ३, ४ र ५ मा प्रवेश नै नगरी ६ अनुसारको प्रक्रिया अगाडि बढाएर गैरकानूनी काम गर्न लागेको आरोप लगायो ।
पत्रकार सम्मेलनमा बोल्दै महासचिव आत्मराम प्रसाद साहले विचका प्रक्रियाहरु निलम्बन गरेर तपाईहरुसँग बहुमत छैन भन्ने जानकारी आएकोले बहुमत पुष्टि गर्न आउनुस भनेर अबैधानिक रुपमा बोलाएको गुनासो गरे ।
उनले ऐनको सबै प्रक्रिया अवलम्बन गर्दै अन्तमा दुबै पक्षलाई ३५ दिनको म्याद दिएर बहुमत पुष्टि गर्न लाउनु पर्नेमा आयोगले सरकारको प्रभावमा परेर समयनै नदिई एकहोरो रुपमा आफूहरुलाई पेल्न खोजेको दावी गरे ।
उनले आयोगलाई ऐन अनुसार प्रक्रिया अगाडि बढाएर जसको पक्षमा बहुमत देखिन्छ उसैको पक्षमा आधिकारिकता दिन आग्रह गर्दै आफूहरु अहिले पनि बहुमत पुष्टि गर्न तयार रहेको स्पष्ट पारे । विगत ४ महिना देखि प्रक्रिया स्थगित गरेर बसेको आयोगले अहिले आयूक्तहरुको म्याद सकिन लागेको अवस्थामा समय नै नदिई प्रक्रिया मिचेर अर्को पक्षलाई आधिकारिकता दिने प्रयत्न गरेको ठोकुवा पनि उनले गरे । सो पार्टीले प्रक्रिया पुरा गरी बोलाए आफूहरु पुन निर्वाचन आयोग उपस्थित भएर बहुमत देखाउन तयार रहेको समेत स्पष्ट पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा