‘सहमति हुन्छ भने बाबुरामको नेतृत्व पनि स्वीकार्न सकिन्छ’

१० पुष २०६९, मंगलवार १५:२७ मा प्रकाशित

काठमाडौं, १० पुस । राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकास चन्द्र लोहनीले बाबुराम भट्टराईको नेतृत्वमा सहमति जुट्दा पनि आफूहरुलाई मान्य हुने बताएका छन् । उनले राजधानीमा आयोजित कार्यक्रममा भने, ‘बाबुरामजीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दा पनि हामीलाई कुनै आपति हुदैन ।’
मेरै नेतृत्वमा सहमति हुनु पर्छ भन्ने प्रधानमन्त्रीको सर्वसत्ताबादी सोचका कारण त्यो सम्भव नरहेको उनको भनाई थियो । उनले थोरै समयको लागि भए पनि काग्रेस र एमाले आफ्नो नेतृत्वमा सहभागि हुनु पर्ने कुरा प्रधानमन्त्रीको बालहठमात्रै भएको टीप्पणी गर्दे यो चरित्र नै अहिले सहमतिको वाधक भएको दावी गरे ।
डा लोहनीले भने–प्रधानमन्त्रीले संविधानसभाले आफूलाई विधठन गर्ने कि राख्ने भन्ने विषयमा निर्णय गर्नु पर्नेमा कु गरेर विघठन गर्नु भयो । संविधानसभा निवार्चनको मिति घोषणाको लागि कसैसँग सल्लाह गर्नु भएन । त्यसैले उहाँमा निर्वाचन गर्ने नियत देखिएन कि मन जितेर आफ्नो नेतृत्वमा सहमति गर्नु पर्यो नभए कसैले मान्दैनन । प्रधानमन्त्रीको सत्ता लम्ब्याउने षडयन्त्रमा नभए कसैले समर्थन गर्दैनना । उनले सहमतिको अर्को प्रधानमन्त्री छिटो खोज्न आग्रह गर्दै नभए साना दललाई नेतृत्व दिन सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार