भट्टराईकै कारण राजनीतिक सहमति हुन नसकेको विपक्षी दलका नेताहरुको आरोप

१० पुष २०६९, मंगलवार १५:१६ मा प्रकाशित

काठमाडौं, १० पुस  । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले प्रधानमन्त्रीको सम्मानजन बर्हिगमनको लागि काग्रेस तयार रहे पनि अहिलेको सरकारको नेतृत्वमा काग्रेस जाने कुरा असम्भव रहेको स्पष्ट पारेका छन्। आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै नेता रिजालले निर्वाचनको मिति, बाधा अड्काउ फुकाउ, निर्वाचन कानून बनाउने, क्षेत्र निर्धारण, संविधानसभाको सदस्य संख्या र निष्पक्ष निर्वाचनको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणको विषयमा पटक पटक छलफल भएर सहमतिको नजिक पुगे पनि प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सहभागिताको कुरा उठाएर सहमति भाडेको खुलास उनले गरे ।
त्यसको विरुद्धमा काग्रेसलाई आर्कषक मन्त्रालयको प्रस्ताव गरेर पार्टी फुटाउने षडयन्त्र प्रधानमन्त्रीले गरेको भन्दै रिजालले काग्रेसले सत्ताको लागि सिद्धान्त नसाट्ने दावी गरे । उनले बाधा अडकाउन फुकाउने र आफ्नो नेतृत्वमा काग्रेस एमाले आउनु पर्छ भन्ने कुरा आफ्नो सत्ता अकण्टक बढाउने चाल भएको दावी गर्दै भने–जसरी पनि सत्ता टिकाउन लागेको प्रधानमन्त्रीको नेतृत्वमा गएर काग्रेस मुलुकमा अर्को सर्वसत्ताबाद लादन चाहदैन । सम्मानजनक बर्हिगमन चाहने प्रधानमन्त्रीले अरुलाई पनि सम्मान गर्न सिक्नु पर्छ ।
रिजालले काग्रेसले प्रधानमन्त्रीको सम्मानजनक बर्हिगमन चाहेको भए पनि त्यसको नाममा सर्वसत्ताबादको मतियार बन्न भने तयार नरहेको स्पष्ट पारे । उनले अझै पनि सहमतिको लागि काग्रेसले प्रयत्न गर्ने स्पष्ट पार्दै वार्ताको साथै असहयोग आन्दोलनलाई पनि निरन्तरता दिने बताए ।
प्रधानमन्त्रीलाई धु्रबे हात्तीको संज्ञा दिदै डा रिजालले प्रधानमन्त्रीले छिमेकी भारत र नेपाली सेनालाई द्धन्द्धमा तान्ने प्रयास गरेको भन्दै असन्तुष्टि समेत ब्यक्त गरे । उनले भने–नेपाली सेना, नेपाल भारतवीचको सम्बन्ध विगार्ने काम नगर्नुस आफ्नो गरिमा र सिमा भित्र रहेर बोल्नुस । भारतसँगको सम्बन्ध हामिलाई पनि प्रिय छ । एक ब्यक्तिको लागि भारत र नेपालको सदियौ देखिको सम्बन्धलाई विवादमा तान्ने प्रयास नगर्नुस ।
कार्यक्रममा नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री आफै नहटे स्वेच्छाचारी प्रबृत्तिलाई हटाउने माध्यम आन्दोलन बाहेक अरु केही नहुने भन्दै विपक्षी दलहरुले आन्दोलन स्थगित गरेपछि प्रधानमन्त्रीको मनोबल अझै बढेर गएको दावी गरे । उनले भने–आन्दोलन नै अहिलेको लागि अन्तिम विकल्प हो ।
अब सरकारले घोषणा गरृे जस्तो बैशाखमा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै तत्काल सहमति भए पनि जेठको दोस्रो सातासम्म मात्रै निर्वाचन हुन सक्ने दावी गरे । अन्तरिम संविधानको धारा ४३ ले सहमतिमा मुलुक चलाउने ब्यवस्था गरेकोले सहमति नभई निर्वाचन हुन नसक्ने भन्दै प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता भए र राष्ट्रहित प्रति ख्याल गरे तत्काल मार्ग प्रसस्त गर्नु पर्ने बताए ।
मुलुक जटिल अवस्थामा रहेको बेला राष्ट्रप्रमुख मुलुकमै रहेर निकासको लागि प्रयत्न गर्नु पर्ने बेलामा भारत भ्रमणमा गएको प्रति असन्तुष्टि प्रकट गर्दै राष्ट्रपतिको भ्रमण देश र जनताको पक्षमा नरहेको दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी