अत्यधिक चिसोका कारण तराईको जनजीवन प्रभावित

१० पुष २०६९, मंगलवार १४:३३ मा प्रकाशित

जनकपुर, १० पुस । तराईका अधिकांश जिवल्लामा अत्यधिक चिसोको कारण त्यहाको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । विगत एक सातादेखि तराईका धनुष, महोतारी, सर्लाही लगायतका जिल्लामा घाम नलागेका कारण यहाँको जनजीवन प्रभावित बन्नेको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
विशषेगरी तीनदिनदेखि जाडोसँगै तषारो पर्न थालेपछि विद्यालय जाने विद्यार्थीका साथै दैनिक कमाइ गरेर जीवन निर्वाह गर्नुपर्नेहरुका लागि समस्या भइरहेको छ । जाडोका कारण केही दिनभित्रै महोत्तरीमा कठाङग्रिएर ६ जनाको मृत्यु भइसकेको छ भने सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति पातलिएको छ ।
जनकपुर अञ्चल अस्पताल एवम् विभिन्न स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया, हाडजोर्नी रोगका बिरामीको चाप बढेको छ ।
बाक्लो हुस्सुका कारण एक सातादेखि हवाई सेवासमेत प्रभावित भएको छ । छोटो तथा लामो दूरीका सवारीसाधनमा यात्रुको अभाव देखिएको यातायात व्यवसायीको भनाइ छ । शीतलहरका कारण तरकारी बाली कुहिन लागेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । आलु, सिमी, कोभी, रायोको साग, गोलभेँडा, रामतोरियाका बोट सुक्ने, फलमा कालो दाग लागेर कुहिने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार