कपिलवस्तुमा ४० वटा टी-सर्ट बाँडेर सकियो भ्रमण वर्ष, पर्यटकीय स्थल सुनसान !

१० पुष २०६९, मंगलवार १३:३२ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १० पुस । लुम्बिनी भ्रमण बर्ष २०१२ सकिन लाग्यो, तर कपिलवस्तुका पर्यटकीय स्थलहरु सुनसानको सुनसानमै रहे । लुम्बिनीसंग प्रत्यक्ष सरोकार राख्ने भए पनि यहाँका पुरातात्विक तथा ऐतिहासक स्थलहरुलाई भ्रमण बर्षले छुन सकेन ।

सरकारले भ्रमण बर्षलाई ब्यापक बनाउने निर्णय गरे पनि लुम्बिनी बिकास कोषले लुम्बिनीलाई मात्रै बढी महत्व दिएकाले यहाँ भ्रमण बर्षको प्रभाव शुन्य रह्यो । कपिलवस्तुमा सरकार र लुम्बिनी विकास कोषबाट कुनै कार्यक्रमको आयोजना गरिएन । यहाँका ऐतिहासिक तथा पुरातात्बिकस्थलको संरक्षण, संवद्र्धन र विकास गर्ने जिम्मा सरकारले दुई दशकअघि राजपत्रमा सूचना प्रकाशित गरी कोषलाई दिएको थियो । कोषको ब्यवस्थाका कारण यहाँका पर्यटकीय स्थलहरु दिनानुदिन उजाड र लथालिङ्ग बन्दै गएको अधिकारकर्मीहरु बताउँछन् । यहाँ बुद्धसंग सम्बन्धित १ सय बढीपुरातात्विक, ऐतिहासिक र पर्यटकीयस्थल छन् ।
भ्रमण बर्षका बेला संसारभरबाट बुद्ध स्थल भ्रमण गर्न आउने पर्यटकहरु कपिलबस्तु प्रबेश गर्दा जति रोमाञ्चित हुने अनुभव गरेर आउंछन्, उजाड अनि लथालिङ्ग बुद्धसंग सम्बन्धित यहांका प्राचीन स्थलहरु देख्दा त्यत्तिकै निरास बनेर फर्किने गरेका छन् । यहाँ रहेका बुद्धस्थल तिलौराकोट, कुदान, गोटीहवा, निगालीकोट र ७७ हजार शाक्यहरुको बध स्थल सगरहवालगायतका स्थलमा आउने पर्यटकहरु निरास बनेर फर्किने गरेका निग्लिहवाका स्थानीयवासी तथा फोरम नेपालका जिल्ला अध्यक्ष अब्दुल खाँ बताउनुहुन्छ । सरकारी उपेक्षाले मात्र नभई मानवीय अतिक्रमण बढदै जांदा ती स्थलको अस्तित्व संकटमापर्दै गएको छ । भगवान गौतम बुद्धको २९ बर्ष व्यतित भएको ठाउं र राजा शुद्धोधनको राजप्रासाद प्राचीन कपिलवस्तु (तिलौराकोट) लथालिङ र उजाड देखिन्छ । ठूलठूला रुख र झारले तिलौराकोट जंगल जस्तै देखिन्छ ।त्यहां बस्ने ठाउं छैन, पर्यटकीयस्थलहरुको परिचय पुिस्तका समते नहुँ यहाँ आउने पर्यटकहरुले बास्तबिक परिचय पनि पाउन गाह्रो भईरहेको स्थानीयको गुनासो छ ।
सरकारले भ्रमण बर्ष मनाउन कोषलाई दिने २ करोडमध्ये एककरोड ५० लाख दिइसकेको छ । अब यस आ.ब.मा ५० लाख निकासा आउने बताईएको छ । सबै रकम लुम्बिनीमा नै खर्च गरिएको छ । कपिलबस्तुमा भ्रमण बर्षको ४० टिसर्ट बांड्ने कामबाहेक अरु केही नभएको स्थानीय अगुवाहरुको आरोप छ । भ्रमण बर्षलाई लक्षित गरी कपिलबस्तुमा शान्तिको सन्देश दिने कत्थक यात्रा र एउटा गोष्ठी गर्ने भनिए पनि हुन नसकेको कोषका योजना प्रबन्धक पेम्बा शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार