भुक्तानी नपाएको भन्दै राष्ट्र गुड फर पेमेन्टवालाले दिए बैंकमा धर्ना

१० पुष २०६९, मंगलवार १२:१३ मा प्रकाशित

काठमाडौं, १० पुस । एचएन्डबी डेभलपमेन्ट बैंकले गुड फर पेमेन्ट चेकको रकम भुक्तानी नदिएपछि चेक लिएका ग्रहकले बैंकको प्रधान कार्यालय कमलादी र राष्ट्र बैंकमा धर्ना दिएका छन् ।
उनीहरुले चेकबापत २१ करोड रुपियाँ भुक्तानी नपाएपछि दबाबस्वरुप धर्ना दिएको एक चेकपीडितले बताए । एचएन्डबी बैंकको कुलेश्वर शाखाबाट खातामा रकम नभए पनि ठूलो मात्रामा गुड फर पेमेन्ट चेक प्रदान गरिएको थियो ।
गुड फर पेमेन्ट चेक बैंकमा खाता भएका ग्राहकसँग पर्याप्त रकम छ भन्ने निश्चित गर्न बैंकले केही शुल्क लिएर जारी गर्ने एक किसिमको बैंकिङ उपकरण हो । गुड फर पेमेन्ट चेक पाएमा चेक पाउने ग्राहकले जुनसुकै बखत चेक साटे पनि खाताबाट रकम पाउन सकिन्छ भन्ने निश्चित हुन्छ । बैंकले खातामा रकम भएरनभएको परीक्षण गरेर मात्र गुड फर पेमेन्ट चेक जारी गर्नु पर्नेमा ग्राहकसँग मिलोमतोमा खातामा पैसा नै नभए पनि त्यस्तो प्रकारको चेक जारी गरी बैंकका कुलेश्वर शाखा प्रमुख निरज नेपालले रकम हिनामिना गरेका थिए ।
बैंकले जारी गरेको गुड फर पेमेन्ट चेकलाई अन्य वित्तीय संस्था तथा सहकारीमा धितो राखेर ठूलो मात्रामा रकम निकालेको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । एचएन्डबी बैंकले अनियमितताको अनुसन्धान भइरहेको जनाएर त्यस्तो चेकको भुक्तानी नदिएपछि पीडितहरु राष्ट्र बैंकमा धर्ना दिन पुगेका हुन् । धर्नाकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत जसोदा सैजुबीच आइतबार भएको छलफल पनि विनानिष्कर्ष नै सकिएको थियो । यसैबीच बैंकले एक विज्ञप्ति प्रकाशन गरी बैंकमा भएको अनियमिताको पूणर््ँ निराकरण्ँमा सहयोग गर्न सबैमा अपिल गरेको छ । बैंकको वित्तीय अवस्था सबल रहेको जनाउँदै विज्ञप्तिमा प्रमुख कार्यकारी अधिकृत सँजुले आगामी दिनमा पनि विश्वसनीय र भरपर्दो वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको