हुवावेलाई एक करोड मोबाइलको जिम्मा

१० पुष २०६९, मंगलवार १२:०८ मा प्रकाशित

काठमाडौं, १० पुस ।नेपाल टेलिकमले एक करोड लाइन क्षमताको जिएसएम मोबाइल सेवा विस्तार परियोजना चिनियाँ कम्पनी हुवावेलाई दिने तयारी गरेको छ । प्रतिस्पर्धामार्फत हुवावेले सबै काम पाउन लागेको हो ।
यसअघि परियोजनाको जिम्मा पाएका दुई कम्पनीले हात झिकेपछि हुवावेले सबै काम पाउने निश्चित भएको छ । टेलिकमको प्याकेज ए–अन्तर्गतको ५२ लाख लाइन विस्तारको काम चिनियाँ कम्पनी जेडटई र ४८ लाख लाइन विस्तारको काम युरोपेली कम्पनी इरिक्सनले पाएका थिए । टेलिकमले सेवा विस्तार सम्झौतामा हस्ताक्षर गर्न हुवावेलाई बोलाइसकेको छ । १५ दिनमा सम्झौताका लागि आउन हुवावेलाई पत्राचार गरिएको कम्पनीले जनाएको छ ।
टेलिकमले मोबाइल बजारमा एक नम्बरको सेवा प्रदायक बन्नका लागि एक करोड मोबाइल लाइन विस्तारको योजना ल्याएको थियो । टेलिकमको जिएसएम मोबाइलको माग धेरै भए पनि प्राविधिक कारण्ँले टेलिकमले त्यसको आपूर्ति गर्न सकिरहेको छैन । टेलिकमले विस्तार गर्न लागेको एक करोड लाइनमा टुजी ५० लाख लाइन र थ्रिजी ४५ लाख लाइन हुने बताइएको छ । पछिल्लो प्रविधि फोरजीमा समेत पाँच लाख लाइन वितरण्ँ गर्ने योजना टेलिकमको छ । योजनाअनुसार सन् ०१५ सम्ममा टेलिकमले एक करोड नयाँ जिएसएम मोबाइल प्रयोगकर्ता थप्नेछ । यसका लागि कम्पनीले १५ अर्ब रुपियाँभन्दा बढी लगानी गर्नुपर्ने छ । टेलिकमले मागेको अन्तर्राष्ट्रिय बोलपत्रमा तीन कम्पनीले जिएसएम लाइन विस्तारका लागि टेन्डर भरेका थिए । त्यसमध्ये हुवावे र जेडटिईको दर कम थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौँ । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण

आजको प्रमुख समाचार