बढ्दै छ राजनीतिक दलको संख्या

१० पुष २०६९, मंगलवार १२:०४ मा प्रकाशित

काठमाडौं, १० पुस । नेपालमा राजनीतिक दलको संख्य दिन प्रति दिन बढ्दै गएको छ । निर्वाचन आयोगका अनुसार अहिले नेपालमा दलको संख्य एक सय १४ पुगेको छ । यी सबै दलले निर्वाचन आयोगमा आफ्नो नाम र चुनाव चिन्ह दर्ता गराएका छन् ।
संविधानसभा चुनावमा ७४ वटा दल आयोगमा दर्ता भएको थियो । त्यसमा ५६ वटा दलले चुनावमा भाग लिएका थिए भने २५ वटा दलले संविधानसभामा प्रतिनिधित्व गरेका थिए ।
बैशाखमा संविधानसभा चुनाव हुने भनिएपछि दर्ता हुने दलको संख्या बढेको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो पटक आयोगमा दर्ता हुने दलहरुमा मधेस तराई फोरम, मधेस समता पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, राष्ट्रिय एकता मञ्च छन् । आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, नेपाल नागरिक पार्टी, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, थारुहट तराई पार्टी, राष्ट्रिय एकता पार्टी, नेपाल नौलो जनवादी पार्टीले आयोगमा दल दर्ता गराएको आयोगका सहप्रवक्ता हरिहर शर्माले जानकारी दिए ।
यद्यपी आयोगले अहिले सम्म चुनावका लागि दल दर्ताको आह्वान गरिसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

आजको प्रमुख समाचार