त्रिशुलीमा मालबाहक ट्रक खस्दा चालक सहित दुई बेपत्ता

१० पुष २०६९, मंगलवार ११:५६ मा प्रकाशित

काठमाडौ, १० पुस । काठमाण्डौं बाट भारत तर्फ जाँदै गरेको एक भारतीय लहरी ट्रक त्रिशुली नदीमा खस्दा चालक सहित एक यात्रु बेपत्ता भएका छन् । ट्रक आज राति त्रिशुली नदीमा खसेको हो ।
काठमाडौंबाट भारत लागि छुटेको एल एन ०२– के ४३३८ नम्बरको माल बाहक लहरी ट्रक धादिङको गजुरी स्थित कालीकास्थान नजिकै बाट त्रिशुली नदिमा खसेको गजुरी प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ठेगाना नखुलेका ट्रक चालक संकर यादब र नाम नखुलेका अर्का एक यात्रु बेपत्ता भएका छन् । भने, ट्रकका सहचालक सहचालक आनन्द अग्रवालको घाइते अवस्थामा उद्दार गरी गजुरी अस्पतालमा उपचार गराइ रहेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख विनोद घिमिरेका अनुसार अनुसार बेपत्ता भएकाहरुको खोजीका लागि प्रहरी टोली रातिदेखि नै खटिएका छन् । भने, थप उद्धारका लागि बिहान आदमघाटबाट आएको सशस्त्र प्रहरी र गजुरीको नेपाली सेना पनि खोजीमा लागिरहेको छ । ट्रक सडक बाट झण्डै ५० मिटर तल नदीमा खसेर डुबेकाले बेपत्ताको खोजीका लागि कठीन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार