सरकारको विकाल्प नखोज्न प्रधानमन्त्रीद्धारा पार्टी अध्यक्षसंग आग्रह

१० पुष २०६९, मंगलवार ११:४८ मा प्रकाशित

काठमाडौं, १० पुस । वर्तमान सरकारको विकल्प नरहेको भन्दै प्रधानमन्त्रीबा बाबुराम भट्टराईले पार्टी अध्यक्ष प्रचण्डलाई यसको विकल्प खोज्न तिर नलाग्न आग्रह गरेका छन् ।
सरकारको नेतृत्वका विषयमा एकीकृत माओवादी पार्टी भित्र विवाद भएपछि त्यसको समाधानका लागि आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न पुगेका प्रधानमन्त्री भट्टराईले अध्यक्ष दहालसंग यस्तो प्रस्ताव गरेका हुन् । अध्यक्ष दाहाललाई भेट्न प्रधानमन्त्री भट्टराई बिहानै उनकै निवास लाजिम्पाट पुगेका थिए ।
भट्टराई नेतृत्वमा सहमतीय सरकार बन्न नसक्दा अरुको नेतृत्वमा भए पनि सहमति गर्नुपर्ने प्रचण्डले गठवन्धनको बैठकमा प्रस्ताव पेश गरेका थिए । तर, गठवन्धनको बैठकमा प्रधानमन्त्री भट्टराई र मधेसी मोर्चा केही समयका लागि भए पनि अहिलेकै सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्ने पक्षमा रहेका छन् ।
अध्यक्षसंगको छलफलमा प्रधानमन्त्रीले यही सरकारलाई निरन्तरता दिने पार्टीको आधिकारीक धरणा रहेको र यसैलाई अघि बढाउनु पर्ने प्रस्ताव गरेका थिए । यसै विषयलाई सत्तारुढ गठबन्धनमा पनि विवाद देखिएपछि गठबन्धनको सचिवालयको बैठक बस्नु अघि प्रचण्ड र प्रधानमन्त्रीबीच छलफल भएको हो । संयुक्त लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको सचिवालयको बैठक दिउँसो ३ बजे बस्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार