प्रचण्ड फेरि बाबुरामकै पक्षमा !

१० पुष २०६९, मंगलवार ०९:०१ मा प्रकाशित

काठमाडौं, १० पुस । राष्ट्रपति भारत भ्रमणमा निस्किएलगत्तै एमाओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाएर अगाडि जानुपर्ने बताएको राससले जनाएको छ । विघटित संविधानसभाले निर्वाचित गरेको सरकार हुनुको नाताले यही सरकारलाई राष्ट्रिय स्वरुप प्रदान गर्नुपर्ने धारणा प्रचण्डले राखेका समाचारमा जनाइएको छ ।
आइतबार गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसनले नेपाल बार एसोसिएसनको निर्वाचनको सम्बन्धमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘संवैधानिक मूल्य र मान्यतालाई लत्याएर गैरकानुनी ढङ्गले सरकार गठन हुने र गर्ने प्रक्रिया कहीँ कतैबाट पनि हुन नहुने, त्यसो भए त्यसले वैधानिकता समेत नपाउने भएकाले कुनै पनि तह तप्काले त्यसखालका काम गर्न हुँदैन र मिल्दैन पनि।’
वर्तमान सरकारको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसके एमाओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने चर्चा गर्दै अध्यक्ष दाहालले सरकारको नेतृत्व गर्ने हैसियत आफ्नो पार्टीसँग रहेको बताए। राष्ट्रलाई निकास दिन आफ्नो पार्टीको महत्वपूर्ण भूमिका भएको भन्दै सो भूमिका पूरा गरेरै छाड्ने उद्घोष उनले गरे । स्मरण रहोस्, केही दिनयता उनले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न आफू तयार रहेको तर प्रधानमन्त्री बाबुराम यसका लागि तयार नभएकोले अफ्ठेरो परेको बताउँदै आएका थिए ।
देशलाई निकास दिनकालागि निर्वाचनको विकल्प नभएको बताउँदै उनले भने, ‘अब कुनै पनि बहानामा निर्वाचनबाट भाग्न मिल्दैन, जो निर्वाचनबाट भाग्छ, उसले देश र जनतालाई धोका दिएको ठहरिन्छ, त्यसकारण म सबै राजनीतिक दललाई निर्वाचनमा केन्द्रित हुन आग्रह गर्दछु।’
आफ्नो पार्टीमा कुनै पनि खालको विवाद नभएको बताउँदै अध्यक्ष दाहालले एउटा जीवन्त पार्टीभित्र सामान्य विवाद हुनु नौलो विषय नभएको पनि उल्लेख गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार