कांग्रेस क्षेत्रीय सभापतिहरुको भेला लम्बियो

९ पुष २०६९, सोमबार २२:३७ मा प्रकाशित

काठमाडौं, ९ पुस । नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहरुको भेला एक दिन लम्विएको छ । काठमाडौंको थलीमा अस्तिदेखि सुरु भएको भेलामा सहभागि क्षेत्रीय सभापतिहरुले चुनाव या आन्दोलन स्पष्ट दृष्टिकोण नभई जिल्ला र गाउँ जान नसकिने भनेपछि काठमाडौंमा जारी भेला थप एक दिन लम्विएको हो ।
भेलाका सहभागिहरुले राष्ट्रिय राजनीतिबारे पार्टीको स्पष्ट धारणा नआएकोले चुनाव वा आन्दोलनबारे स्पष्ट हुन नेतृत्वसँग माग गरेका हुन् । ‘कहिले चुनाव भन्ने, कहिले आन्दोलन भन्ने ढुलमुलका कारण कार्यकर्ता अलमलमा छन् ।’ क्षेत्रीय सभापतिहरुले भेलामा सहभागि एक नेताले जानकारी दिँदै भने ‘आधिकारिक धारणा चाहियो । काँग्रेसको धारणा के हो भनेर बुझ्न नसक्ने अवस्थामा हामी के लिएर जिल्ला र गाउँ जाने ?’ भेला मंगलवार काठमाडौं घोषणापत्र जारी गर्दै सकिने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार