कर्मचारीनै लुटेरा बनेपछि…

९ पुष २०६९, सोमबार २२:३१ मा प्रकाशित

दाङ, ९ पुस । बैंक अफ काठमान्डूकै तुलसीपुर शाखाकै कर्मचारीले सो बैंकको रकम लुटेको रहस्या पत्ता लागेको छ । आज लुटिएको मध्ये करिब ८७ लाख रकम बैंकका सवारी साधन चालकको कोठाबाट प्रहरीले बरामद गरेपछि यस्तो रहस्या पत्ता लागेको हो । तुलसीपुरस्थित कुमारी बैंकमा कार्यरत चालक अमर बोहोराको तुलसीपुर(९ शिवनगरस्थित कोठाबाट ८६ लाख ८९ हजार नगद बरामद भएको प्रहरीले बताएको छ । बैंक अफ काठमान्डूका खजाञ्ची मानपुर दुधराश निवासी खगेन्द्र बस्नेतको योजनाअनुसार कर्मचारी र केही बाहिरका मानिस मिलेर रकम लुटिएको जिल्ला प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले बताए । मानपुर(९ झिंगै निवासी बोहोराले कोठामा दराज र बोरामा राखेको अबस्थामा रकम फेला परेको उनले बताएका छन् ।
‘लुटिएको दावी गरिएको बराबर रकम नै बरामद हुँदैछ । हालसम्म आधा जति रकम भेटिएको छ,’ मल्लले भने, ‘हामी छिट्टै सबै रकम फेला पार्दैछौँ । अन्य ठाउँमा पनि रकम राखेको खुलिसकेको छ ।’ कर्मचारीले नै बैंक लुटेको पुष्टि भएपछि प्रहरीले बैंकका प्रबन्धक ऋषिकैलाश श्रेष्ठ, खजाञ्ची खगेन्द्र बस्नेत र पैंसा राख्ने अमर बोहोरालाई नियन्त्रणमा लिएको छ । ‘बैंककै खजाञ्चीले योजना बनाएर लुटेको देखिन्छ,’ उनले भने, ‘कर्मचारीले योजना बनाएर लुटेको यो नौलो घटना हो ।’ शुक्रबार बेलुका रहस्यमय तरिकाले २ करोड ६ लाख ३१ हजार ८ सय ४४ रुपैयाँ लुटिएको थियो । बेलुकी सवा ६ वजेतिर सन्ध्याकालिन सेवामा रकम जम्मा गर्ने निहुँमा आएका तीन जना युवाहरुले कर्मचारीलाई नियन्त्रणमा लिएर रकम लुटेको बैंकका म्यानेजर श्रेष्ठले प्रहरीलाई बताएका थिए । युवाहरुले १५ मिनेटभित्र म्यानेजर श्रेष्ठसहित एक खजाञ्ची र एक सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर रकम लुटेको उनले जानकारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार