सर्वोच्चले रोक्यो पाँच वरिष्ठ प्रहरी उपरीक्षक बढुवा

९ पुष २०६९, सोमबार २२:२४ मा प्रकाशित

काठमाडौ, ९ पुस । सरकारले गता ४ पुसमा वरिष्ठताका आधारमा भन्दै बढुवा गरेको पाँच वरिष्ठ प्रहरी उपरीक्षकहरुको बढुवा रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दामोदरप्रसाद शर्माको इजलाशले रिटबारे छलफल गर्न दुवै पक्षलाई १६ गते अदालत बोलाएको छ ।
मन्त्रिपरिषद्को बढुवा गर्ने निर्णय नेपाल प्रहरीको नियमावली, अन्तरिम संबिधानबिपरीत भन्दै परेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । सरकारले वरिष्ठ प्रहरी उपरीक्षकहरु श्यामबहादुर खड्का, नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई नायब महानिरीक्षकमा बढुवा गरेको थियो । उनीहरुलाई सोमबार मात्रै दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।
बढुवा गर्ने निर्णय नियमबिपरीत भएको भन्दै प्रहरी वरिष्ठ उपरीक्षकहरु रविन्द्रप्रताप राणा, पूर्णसिंह खड्का, मनोहरप्रसाद रिमाल, रामकुमार खनाल, ज्ञानोदराज बैद्य र राजबहादुर विष्टले संयुक्तरुपमा रिट दायर गर्दै अन्तिम टुंगो नलागेसम्म बढुवाको निर्णय यथास्थितिमा राख्न माग गरेका थिए । सरकारले २०४३ सालको व्याचबाट सेवा प्रवेश गरेका सात वरिष्ठ उपरीक्षकलाई छाडेर २०४५ सालको व्याचबाट सेवा प्रवेश गरेका चार जना वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षकबाट बढुवा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

आजको प्रमुख समाचार