दिमागको इशारामा चल्ने कृत्रिम अंग

९ पुष २०६९, सोमबार १८:५९ मा प्रकाशित

पिटर्सवर्ग विश्वविद्यालयका वैज्ञानिकहरुले एक यस्तो रोबोटिक अंग बनाउन सफलता पाएका छन् जसलाई दिमागबाट नियन्त्रण गर्न सकिन्छ । उक्त वैज्ञानिकहरुको टिममा सामेल भएका एक न्यूरोलोजिस्टका अनुसार दिमागको इशारामा चल्ने रोबोटिक अंग निर्माणमा सफलता हासिल हुनु महत्वपूर्ण उपलब्धि हो ।
सोधकर्ताहरुका अनुसार यस प्रविधिको प्रयोगबाट लामो समयदेखि अपांग बनेका व्यक्तिले दिमागको संकेतबाटै आफ्नो रोबोटिक अंग चलाउन सक्नेछ जसले उसको दिनचर्या चलाउन सवलांगीलाईजत्तिकै सजिलो पार्नेछ ।
अनुसन्धानकर्ताहरुले अपांग व्यक्तिको दिमागमा उपकरण लगाएर दिमागका संकेतहरुलाई पक्रिने कोशिस गरे र ती संकेतलाई कम्प्युटर कोडमा बदले । त्यसपछि कम्प्युटरको माध्यमबाट सफलताका साथ क्रितृम अंग निर्देशित तथा सञ्चालन हुन पुग्यो । वैज्ञानिकहरुको उक्त टिमले गर्दनभन्दा तलको भाग नचल्ने भएकी एक ५२ वर्षिया महिलामा यस उपकरणको प्रयोग गरेका थिए । अपरेशनको माध्यमबाट उनमा रोबोटिक अंग फिट गरियो, त्यसको दोस्रो दिनदेखि नै दिमागको इशाराबाट ती महिलाले फिट गरिएको हात चलाउन थालिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट)

काठमाडौँ । सूचना विभागले प्रसारण इजाजत नै नलिएका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानल प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले उद्घाटन

काठमाडौँ – अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२

पेचिङ । अन्तत अमेरिकी वेब सेवा प्रदायक कम्पनी याहु चिनियाँ बजारबाट बाहिरिएको छ । उक्त कम्पनी चीनबाट बाहिरिने पछिल्लो बहुराष्ट्रिय

आजको प्रमुख समाचार