लुटिएको ट्रक फेला परयो, लुटेरा फरार

९ पुष २०६९, सोमबार १७:५० मा प्रकाशित

काठमाडौं, ९ पुस । अपरिचित व्यक्तिहरुद्वारा आइतबार लुटिएको ना ४ ख ८३२६ नम्वरको ट्रक प्रहरीले फेला पारेको छ । छड लोड गरी सिमराबाट काठमाडौँतर्फ आउँदै गरेको उक्त ट्रकमा हेटौँडाबाट चितवन जान भनी चढेका तीन व्यक्तिहरुले टिकौली जंगलमा आइपुगेपछि खुकुरी देखाई ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिई रुखमा बाँधेर ट्रक लुटेर लगेका थिए ।
चालक र सहचालकले आफूलाई बाँधेको डोरी मुखले काटी फुकाएर सो घटनाको खबर सोमबार बिहान मात्र प्रहरीलाई गराएका थिए । त्यसपछि खोजतलासमा खटिएको प्रहरीले भरतपुर नगरपालिका–१२ नौरंगे जंगलमा बेवारिसे अवस्थामा सामानसहित ट्रक फेलापारेको थियो ।
डोरीले बाँध्ने क्रममा सामान्य घाइते भएका ट्रकचालकलाई प्रहरीले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाएको छ भने लुटेराहरुको खोजी तिब्र पारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी