मठका महन्थ हत्या र किर्तेमा संलग्न भएपछि…

९ पुष २०६९, सोमबार १७:२४ मा प्रकाशित

काठमाडौ, ९ पुस । जनकपुरको रत्नसागर मठका महन्थ बनेका भारतीय नागरिक बैकुण्ठ तिवारीलाई कारवाही गर्न स्थानीय बासिन्दा र नागरिक समाजले माग गरेको छ । उनी हत्या र किर्तेका घटनाका आरोपी हुन् । गुठिको जग्गा किर्ते गरेर विक्री गरेको, नक्कली कागजात बनाएर न्यायालयलाई समेत झुक्याएको आरोपमा कारवाही गर्न सप्रमाण लामो समयदेखि आग्रह गर्दा पनि कारवाही नभएको भन्दै रमानन्द यूवा क्लबको अगुवाईमा राजधानीमा पत्रकार सम्मेलन गरेर कारवाहीको माग गरिएको हो ।
२०६० साल फागुण १३ गते गुठि संस्थानले १ वर्षको परिक्षण सहित ५ वर्षको लागि महन्थमा नियूक्त भएका तिवारीले कार्यकाल थप भएको नक्कली पत्र बनाएर गुठिको जग्गा ब्यक्तिको नाममा विक्री गरेर करौडौ रुपैया कुम्ल्याएको आरोप पत्रकार सम्मेलनमा लगाईएको थियो । बताइएअनुसार भारतको विहार मुजफ्फरपुर जिल्ला मधेपुरा गाँउ घर भएका तिवारीले अविवाहित महन्त रामप्रकाश शरणलाई पिता बनाएर बंशजको आधारमा नागरिकता लिएको, गुठि सस्थानले गत कार्तिक ३ गते गुठिको सम्पूर्ण सामान बुझाउन पत्र लेखेकोमा गुठिको काम सन्तोष जनक रहेकोले काम कारवाही अघि बढाउनु भन्ने आशयको पत्र समेत किर्ते गरी तयार पारेका छन् । सो विषयमा सम्मानित सर्वोच्च अदालतमा परेको रिटमा समेत सोही किर्ते कागजको आधारमा उनले स्टेर अर्डर जारी गराउन सफल भएको यूवा नेपाल क्लबका अध्यक्ष सरोज मिश्रले जानकारी दिए । किर्तेको विषयमा गुठि सस्थानले समेत यथार्थ विवरण उपलब्ध गराउँदा गराउँदै समेत सर्वोच्चले महन्थको पक्षमा फैसला गरेकोमा उनले असन्तुष्टि प्रकट गरे ।
महन्थ तिवारीमाथि जिल्ला शिक्षा कार्यालय महोत्तरीका अधिकृत लालकिसोर झाको हत्याको आरोपमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको, किर्ते नागरिकताको मुद्दा गृहमन्त्रालय र अख्तियारमा विचाराधिन रहेको र मठको जग्गा विक्री गर्न जाँदा किर्ते गरेको प्रमाणित हुँदा समेत कारवाही नगरी उनलाई स्थानिय प्रशासनले संरक्षण गरेकोमा स्थानीय बासिन्दा आक्रोसित बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास