‘छ दिन भित्रमा सहमति हुन्छ’

९ पुष २०६९, सोमबार १७:२१ मा प्रकाशित

सिन्धुपाल्चोक, ९ पुस । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अबको छ दिनमा राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरेका छन् ।
आज सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने, ‘राष्ट्रपति रामवरण यादव भारत भ्रमणबाट फर्कने समयसम्म दलहरुबीच राजनीतिक सहमति भइसक्छ ।’
संविधानसभा पुनः स्थापना गरेर संविधान घोषणा गर्ने कसरत सफल नभएको भन्दै माओवादीलाई गलाएर सहमति हुन नसक्ने चेतावनी दिए । एमाओवादीसहितको गठबन्धनले दुई तिहाइ ल्याउने डरले विपक्षीहरु निर्वाचनबाट डराएको दाहालले उल्लेख गरे । उनले अहिले राष्ट्रिय अन्तराष्ट्रिय दवाव झेलिरहेको भन्दै माओवादीलाई बदनाम गराउने प्रयास सबैतिरबाट भइरहेको बताए ।
पार्टी प्रवक्ता अग्नीप्रसाद सापकोटाले कसैले चाहँदैमा क्रान्ति नहुने बताए । पार्टी फुटेपछि कमजोर निर्वाचन क्षेत्र मानिएको निर्वाचन क्षेत्र नं ३ को केन्द्र मेलम्चीमा आयोजना गरिएको कार्यक्रममा प्रवक्ता दाहालले एमाओवादीमा केही कमजोरी भएपनि क्रान्तिको बाटो नछोडेको जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो

आजको प्रमुख समाचार