अनलाईन साहित्य प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण

९ पुष २०६९, सोमबार १७:१० मा प्रकाशित

काठमाडौं ९ पौष । अन्तर्राष्ट्रिय अनलाईन साहित्य प्रतियोगिता २०१२ का विजेता हुने साहित्य स्रष्टाहरुलाई ह्वाइट जोन नेपालले आज पुरस्कृत गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गरेर प्रतियोगितमा प्रथम हुने भावना परिस्कृत सुनुवार, दोस्रो श्रीजंग राई, तेस्रो हुने विना तामाङ र चेत भट्टराईलाई क्रमशः ५ सय , ३ सय र १–१ सय डलर रुपैयासहित ताम्रपत्र दिएर पुरस्कृत गरिएको छ ।
प्रतियोगित सामाजिक सञ्जाल फेस बुकमार्फत सञ्चालन गरिएको थियो । जसमा सुनुवारको जात शिर्षकको कविता प्रथम, श्रीजंगको नेपाल गाथा शिर्षको लघु कथा दोस्रो, तामाङको दिलमाया शिर्षकको कविता  तेस्रो भएको थियो ।
पुरस्कार समारोहका प्रमुख अतिथि डा. कृष्णहरि बरालले साहित्य स्रष्टाहरुलाई पुरस्कृत गर्दै साहित्यको उत्थानको लागि सूचना प्रविधीको प्रयोग अपरिहार्य बनेको भन्दै पछिल्लो समयमा अपराधको गढ बनेको भनि आलोचना खेपिरहेको फेसबुकबाट साहित्यको सृजनालाई प्रस्फुटन गराउन पहल गर्नु सकारात्मक भएको बताए ।
आयोजक ह्वाईट जोन नेपालका महासचिव अनुप तिमल्सिनाले नेपाली साहित्यलाई विश्वभर फैलाउन  र विश्वमा छरिएका नेपालीलाई नेपाली साहित्यसँग जोडने उद्देश्यले आफूहरुले प्रतियोगिताको आयोजना गरेको जानकारी दिदै भविष्यमा यसलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपाली साहित्यको विकास विना नेपाली भाषाको अन्तर्राष्ट्रियकरण हुन नसक्ने भन्दै सूचना प्रविधीको प्रयोग गरेर यो कार्य सम्भव पार्न सकिने बताए ।
उनले क्लबले पनि नेपाली भाषा, कला र सस्कृतिका लागि सक्दो प्रयास गर्ने भन्दै प्रत्येक महिनाको अन्तिम शनिवार यस्ता विषयमा बहस चलाउने प्रतिबद्धता ब्यक्त गरे ।
गायक तथा पत्रकार सरोज कोइरालाले साहित्यलाई फेसबुकसँग जोड्दा यसको लोकप्रियता करोडौ नेपाली भाषि माँझ पुर्याउन सफल भएकोमा आयोजक संस्थालाई धन्यबाद दिदै नेपाली साहित्यलाई विश्वब्यापी बनाउन यस्ता लोकप्रिय सामाजिक सञ्जालहरुको प्रयोगलाई ब्यापक बनाउनु पर्ने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार