गए राष्ट्रपति भारत भ्रमणमा

९ पुष २०६९, सोमबार १७:०७ मा प्रकाशित

काठमाडौं, ९ पुस । राष्ट्रपति डाक्टर रामवरण यादव पाँच दिने भारत भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति यादव सहितको २२ सदस्यीय टोली आज दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
राष्ट्रपतिलाई विमानस्थलामा प्रधानमन्त्री डां. बाबुराम भट्टराई लगायतका मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारीले विदाई गरेका थिए । राष्ट्रपतिले बनारस हिन्दु विश्वविद्यालयको १ सय ५० औं जयन्तीको अवसरमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
भारत भ्रमणका क्रममा राष्ट्रपति यादवले त्यहाँका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मनमोहन सिंह, काँग्रेस आई अध्यक्ष सोनिया गान्धी लगायतका भारतीय शिर्ष नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भएपछि यादवको यो तेस्रो भारत भ्रमण हो । देश राजनीतिक संकटबाट गुज्रिएको र भारतीय राष्ट्रपति दशक भैसक्दा समेत नेपाल भ्रमणमा नआएको अवस्थामा तीन तीनपटक भ्रमण हुन लागेको भन्दै राष्ट्रपतिको आलोचना भएको छ । राष्ट्रपति सहितको टोली आउँदो १४ गते स्वदेश फर्किनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार