‘राष्ट्रपतिको भारत भ्रमण शंकास्पद’

९ पुष २०६९, सोमबार १६:०४ मा प्रकाशित

काठमाडौ, ९ पुस । राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमण  शंकास्पद भएको भन्दै नेकपा–माओवादीले भ्रमणको आलोचना गरेको छ । सो पार्टीको  प्रवक्ता पम्फा भुसालले आज बिज्ञप्ती जारी गर्दै नेपालको राजनीतिमा भारतीय हस्तक्षेप बढीरहेको समयमा राष्ट्रपति भारत जानु सन्देहपूर्ण छ भनिएको छ ।
त्यसैगरी बिज्ञप्तीमा राष्ट्रपतिले आज बिहान गरेको बिघटीत संबिधानसभामा प्रतिनिधित्व दलहरुबीचको छलफल झारा टार्ने मेलो मात्र भएको आरोप समेत लगाएको छ । यसैगरी तीन दल र मधेसी मोर्चाका शिर्ष नेताका कारण संबिधान नबनाई संबिधानसभा बिघटन भएको आरोप लगाएको छ । बिज्ञप्तीमा भनिएको छ, ‘फेरि पनि यिनै नेताबाट समाधान खोज्ने राष्ट्रपति प्रवृत्तिप्रति हाम्रो गम्भीर असहमति छ ।’ राष्ट्रपति सर्वदलीय सहमति खोज्न भन्दा पनि तीन दल र मधेसी मोर्चाको गोलचक्करमा घुमेको आरोप पनि लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय