दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

९ पुष २०६९, सोमबार १५:१३ मा प्रकाशित

नवलपरासी, ९ पुस । नवलपरासीको गूठी परसौनीमा हिजो राति भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।  लु १ त ५९१७ नम्बरको खाली ट्रयाक्टर गूठी परसौनी २ को गण्डक बाँधमा पल्टिँदा रामग्राम ९ का चालक पूर्णबासी कोईरीको ज्यान गएको हो ।
दुर्घटनामा घाइते २१ वर्षिय राम अवतार पासीको पृथ्वीचन्द अस्पतालमा उपचार भैरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीले आशंका गरेको छ । ट्रयाक्टर बाँधबाट १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै

आजको प्रमुख समाचार