बिदेसिने नेपालीको संख्या ८६ प्रतिशत बढ्यो

९ पुष २०६९, सोमबार १५:०९ मा प्रकाशित

काठमाडौं, ९ पुस । वैदेशिक रोजगारीका लागि चालु आवको मंसिरमा बिदेसिनेको संख्या ८६ दशमलव ११ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिरमा ३४ हजार नौ सय ४७ जना रोजगारीका लागि बिदेसिएका छन् । गत आवको सोही महिना १८ हजार सात सय ७८ जना रोजगारीका लागि बिदेसिएका थिए ।
विभागका अनुसार मंसिरमा संस्थागत जानेमा २९ हजार दुई सय ९३ जना रोजगारीमा गएका छन् । यसमा २७ हजार नौ सय ३५ जना पुरुष र एक हजार तीन सय ५८ महिला छन । यस्तै, व्यक्तिगत रूपमा एक हजार एक सय १९ जना रोजगारीमा गएको विभागले जनाएको छ ।
सरकारले व्यक्तिगत रूपमा रोजगारीमा जानेलाई कडाइ गरेपछि प्रमाणीकरण गरेर वैद्यानिक रूपमा जानेको संख्या बढेको छ ।
मंसिरमा मात्र वैधानिकीकरण भएर चार हजार पाँच सय ३५ जना रोजगारीमा गएको विभागले जनाएको छ । यसमा चार हजार दुई सय नौ जना पुरुष र तीन सय २६ महिला छन् । यो संख्यासहित चालु आवमा वैज्ञानिकीकरण भएर विदेश जानेको संख्या १४ हजार आठ सय ७४ जना रोजगारीमा गएका छन् । साथै, चालु आवमा रोजगारीमा जानेको संख्यासमेत एक लाख ५९ हजार तीन सय ४१ पुगेको विभागले जनाएको छ । सरकारले रोजगारीमा गई घरबिदामा आएर पुनस् जानेको पनि तथ्यांक राख्न थालेपछि यसरी पुनस् रोजगारीमा जानेको संख्या चालु आवमा ६० हजार सात सय ३३ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो