एक सय ५० दिनमा ४५ करोड ठगी

९ पुष २०६९, सोमबार १५:०५ मा प्रकाशित

काठमाडौं, ९ मंसिर । वैदेशिक रोजगारीका नाममा चालु आर्थिक वर्षको पाँच महिना अर्थात एक सय ५० दिनको अवधिमै करिब ४५ करोड रुपियाँ रकम ठगी भएको छ । रोजगारीका लागि विदेश पठाउने क्रममा एजेन्ट, म्यानपावर कम्पनी र कन्सल्टेन्सीले चालु आवको मंसिर मसान्तसम्म ४४ करोड ७९ लाख ६३ हजार नौ सय ४७ रुपियाँ रकम ठगी गरेको भन्दै विगो दाबीसहित वैदेशिक रोजगार विभागमा उजुरी परेको हो ।
विभागका अनुसार सो रकम ठगी भएको भन्दै बिगो दाबीसहित चालु आवको पाँचमहिनामा नौ सय ४३ वटा उजुरी परेका छन् । यसमा सबैभन्दा बढी व्यवक्तिगत ठगीका छन् । विभागका अनुसार व्यक्तिगत ठगीलाई लिएर मंसिर मसान्तसम्म पाँच सय ५५ उजुरी परेका छन् । ती उजुरीमा ३४ करोड ३३ लाख ९७ हजार सात सय आठ रुपियाँ बिगो दाबी विभागले जनाएको छ ।
चालु आवको मंसिर मसान्तसम्म संस्थगत रूपमा १० करोड ४५ लाख ६६ हजार दुई सय ३९ रुपियाँ ठगी भएको भन्दै तीन सय ८८ उजुरी विभागमा परेका छन् । मंसिरमा मात्र व्यक्तिगत रूपमा रोजगारीमा पठाउने भन्दै सात करोड ६ लाख ६ हजार चार सय रुपियाँ ठगी भएको छ । सो रकम बिगो दाबी गर्दै मंसिरमा ८५ वटा उजुरी परेको छ । यस्तै, मंसिरमा संस्थागत रूपमा एक करोड २७ लाख एक हजार दुई सय ४० रुपियाँ ठगी भएको बिगो दाबी गर्दै ७६ वटा उजुरी परेको विभागले जनाएको छ ।
विभागका अनुसार चालु आवको ५ महिनामा वैदेशिक रोजगारीका नाममा सबैभन्दा बढी व्यक्तिगत ठगी भएका छन् । सरकारले ठगी नियन्त्रणकै लागि सुधार योजना लागू गरेको भए पनि अझै ठगी नियन्त्रणमा आउन सकेको छैन । विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई संस्थागत रूपमा भएको ठगी प्रमाणित भएमा पठाउने म्यानपावर कम्पनीले विभागमा राखेको धरौटी कट्टा गरेर पीडितलाई क्षतिपूर्ति दिने व्यवस्थाले पनि विगतभन्दा संस्थागत ठगी भने नियन्त्रणमा आएको बताउँछन् । तर, व्यक्तिगत ठगी गर्नेको पहिचान गर्न समस्या हुने र पीडितलाई क्षतिपूर्ति दिलाउन गाह्रो हुने उनको भनाइ छ । सरकारले व्यक्तिगत रूपमा बढी ठगी भएकै कारण अहिले त्यसरी विदेश रोजगारीमा जान कडाइ गरेको उनले बताए ।
तर, चालु आवमा ठगी भएका रकममध्ये फरफारक भएको र अदालतमा मुद्दा दायर भएको संख्या भने न्यून छ । विभागका अनुसार चालु आवको मंसिर मसान्तसम्म ३ करोड ११ लाख ३१ हजार एक सय ५० रुपियाँ रकम मात्र फरफारक भएको छ । यसमा व्यक्तिगत ठगीको रकममध्ये दुई करोड १० लाख आठ हजार तीन सय ५० र संस्थागत ठगीको रकममध्ये एक करोड एक लाख २२ हजार आठ सय रुपियाँ रकम फरफारक भएको छ । साथै, पाँच महिना अवधिमा वैदेशिक रोजगारीमा भएको ठगी घटनालाई लिएर ६२ वटा मुद्दा अदालतमा दर्ता भएको विभागले जनाएको छ । ती मुद्दामा १८ करोड ७४ लाख ७१ हजार नौ सय ६४ रुपियाँ बिगो दाबी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको