सहमतिका लागि प्रधानमन्त्रीले पठाए कोइरालालाई सन्देश

९ पुष २०६९, सोमबार १४:५५ मा प्रकाशित

काठमाडौं, ९ पुस । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारलाई राष्ट्रिय स्वरुपको सरकार बनाउन भन्दै कांग्रेस सभापति शुशिल कोइरालालाई आज एक सन्देश पठाएका छन् । उनले पठाएको सन्देशमा चुनावको बेलामा राष्ट्रिय सरकारको नेतृत्व काँग्रेसलाई दिने पनि उल्लेख गरेका छन् ।
बैशाखमा संविधानसभाको चुनाव गर्ने, चुनावको निम्ति आवश्यक पर्ने संविधान संशोधनको निम्ति वाधा अड्काउ फुकाउने, संवैधानिक आयोगहरुमा नियुक्ति गर्ने, शान्ति प्रकृयाका बाँकी काम पूरा गर्ने लगायतमा सहमति भैसकेपछि राष्ट्रिय सरकार दुई चरणमा गठन गर्ने प्रधानमन्त्रीको प्रस्ताव छ ।
काँग्रेसका दोश्रो पुस्ताका नेताहरु मार्फत सोमबार काँग्रेस सभापति सुशील कोइरालालाई सहमतिको सन्देश पठाएर प्रधानमन्त्री भट्टराईले कोइरालालाई उहाँकै वरपर रहेको एउटा घेराले गोलचक्करमा फसाँइरहेको पनि बताए ।
अहिलेकै सरकारमा काँग्रेस–एमाले लगायतका सबै दलहरु सम्मिलित भई त्यसलाई राष्ट्रिय सरकार बनाउने र दोस्रो चरणमा निश्चित सहमतिको अवधिपछि चुनावको वेलामा राष्ट्रिय सरकारको नेतृत्व काँग्रेसलाई दिने प्रधानमन्त्रीको अडान छ ।
यदि यसमा सहमति नहुने हो भने मधेसी मोर्चा, साना दल वा अरु कोही राजनीतिक पृष्ठभूमि भएका सबै राजनीतिक पार्टीहरुलाई मान्य हो कोही स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतिको सरकार बनाएर निर्वाचनमा जाने प्रस्ताव प्रधानमन्त्रीले दोहोर्‍याउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार