सहमतिय सरकारको प्रधानमन्त्री जो बनेपनि हुन्छः राष्ट्रपति

९ पुष २०६९, सोमबार १४:३२ मा प्रकाशित

काठमाडौं, ९ पुस । राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रिय सहमतिका लागि निकै ठिलो भएको भन्दै तत्काल सहमतिमा आउन राजनीतिक दलका नेताहरुसंग सामुहिक आग्रह गरेका छन् ।
विघठित संविधानसभाका सबै दलका नेता तथा प्रतिनिधिहरुसँग आज शीतल निवासमा भएको सामूहिक छलफलमा राष्ट्रपति डा.यादवले सहमति जुटाएर आउने दल वा व्यक्तिलाई सहमतीय सरकारको प्रधानमन्त्री बनाउँन सकिने धारणा राख्दै तत्काल सहमतिमा आउन आग्रह गरेका हुन् । उनको भनाई थियो ‘सुशीलजी, प्रचण्डजी वा अन्य कुनै व्यक्तिले सहमति जुटाएर आउँछ भने प्रधानमन्त्री बनाउँन कुनै आपत्तित छैन, ।’ ‘राष्ट्रिय सहमति जुटाउन सक्ने जो पनि प्रधानमन्त्री बन्न सक्छ’ उनले गपे, ‘दलहरुले गर्ने निर्णय र सुझावका आधारमा जस्लाई पनि प्रधानमन्त्री बनाउँन तयार छु ।’
बैठकमा सहभागि एक नेताका अनुसार राष्ट्रपतिबाट यस्तो अभिव्यक्ति आएपछि नजिकै बसेका कांग्रेस सभापति सुशील कोइरालाले निन्याउरो अनुहार लगाएका थिए । त्यसै गरेर डा.यादवले विद्यमान जटिलताबाट मुलुकलाई यथाशीघ्र निकास दिन आफूलाई सुझाव आवश्यक रहेको बताए । मुलुकलाई निकास दिन संवैधानिक, कानूनी र राजनीतिक उपाय आवश्यक रहेको भन्दै उनले आपसी विमर्शबाट उपाय पहिल्याउन दवाव दिए ।
न्यूनतम सहमतिको बाटो र यथाशीघ्र नयाँ संविधान निर्माणको लागि संविधानसभाको निर्वाचनको प्रत्याभूति गर्नु, सहमतीय आधारमा नयाँ निर्वाचन गराउँन संविधानको धारा ३८ को उपधार १ अनुसारको प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका बारेमा ध्यान दिन डा.यादवले दलहरुको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल सहित अन्य ३२ दलका नेताहरुको सहभागिता थियो । मुख्य रुपमा राष्ट्रपतिले बैठकलाई सम्बोधन गरेपछि केही नेताहरुले आफ्नो सुझाव राखेपनि प्रमुख दलका शीर्ष नेताहरु भने बैठकमा केही नबोलिकन बाहिरिएका थिए । बिहान ९ बजे सुरु भएको बैठक १० बजेर ५ मिनेटमा सकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

आजको प्रमुख समाचार