धुर्वे मार्न जम्बो टोली

९ पुष २०६९, सोमबार ०९:०३ मा प्रकाशित

चितवन, ९ पुस । चितवनको माडीमा आतङ्क मच्चाएको धुर्वे नामको हिंस्रक जङ्गली हात्ती मार्न निकुञ्ज प्रशासन अझै सफल हुन सकेको छैन । निकुञ्जको टाइगर टप्स क्षेत्रमा गोली लागे पनि धु्रवे हात्ती नमरेको बताइएको छ । निकुञ्ज स्रोतका अनुसार ध्रुवेको शरीरका विभिन्न भागमा करिब १२ राउन्ड गोली लागेको छ । हात्ती नमारेसम्म कुनै किसिमको सूचना बाहिर नदिन माथिल्लो निकायबाट निर्देशन भएपछि निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनाको तल्लो तहबाट यस विषयमा कुनै जानकारी दिइएको छैन ।
रेडियो कलरबाट सिग्नल प्राप्त भएपनि हात्ती फेला पार्न नसक्दा निकुञ्ज तनावमा रहेको छ भने हात्तीको खोजीका लागि आइतबारदेखि जम्बो टोली नै परिचालित गरिएको छ । हात्ती आतङ्क फैलदासमेत निकुञ्ज विभाग गम्भीर नभएको भन्दै मुख्य सचिव लिलामणी पौडेलले चासो देखाएपछि काठमाडाँमै रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्की तत्काल चितवन फर्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

आजको प्रमुख समाचार