झलनाथले पनि बोली फेरे, राष्ट्रपतिको भारत भ्रमणअघि राजनीतिक निकास ननिस्कने

९ पुष २०६९, सोमबार ०८:१७ मा प्रकाशित

काठमाडौं, ९ पुस । आइतबार साँझ राष्ट्रपति रामवरण यादवसँग भएको सामूकि भेटवार्ताबाट बाहिरिँदा आज सोमबारसम्म सहमतिको प्रधानमन्त्री तय हुनसक्ने प्रतिक्रिया दिएका एमाले अध्यक्ष झलनाथ खनालले बोली फेरेका छन् । सहमतिका लागि अझ समय लाग्ने भन्दै हिजोको आफ्नो अभिव्यक्तिभन्दा फरक धारणा उनले सार्वजनिक गरेका छन् । पाँचपटक सम्म म्याद दिँदा पनि राजनीतिक दलहरुले सहमतिको सरकार बनाउन नसकेपछि राष्ट्रपतिले अहिले बिहान साढे नौ बजे बिघटित संविधानसभाका सबै राजनीतिक दलका नेतालाई छलफलका निम्ति निम्त्याएका छन् ।
राष्ट्रपति भारत भ्रमणमा जानुअघि नै सहमति जुट्ने संकेत हिजो राष्ट्रपति निवासबाट बाहिरिँदै गर्दा सबैजसो नेतहरुले दिएका थिए । तर दलहरुबीच प्याकेजमा सहमति जुट्न अझै केही समय लाग्ने अभिव्यक्ति दिएर एमाले अध्यक्ष खनालले राजनीतिक अन्योल अझै तन्किन सक्ने संकेत दिए । यसबारे प्रस्त पार्न आग्रह गर्दा उनले ‘मैले त सोमबार राष्ट्रपति भारत जानुअघिसम्ममा सहमति गरिसक्नुपर्छ पो भने हुँ त’ भन्ने जवाफ दिए । सोमबार नै सहमति हुन नसक्ने विश्लेषण आफूले गरिरहेको उनको भनाई थियो । पहिलेभन्दा स्थिति सहमतितिर डोहोरिएको उनले बताए । अलिक मेहेनत गर्ने हो भने अबको २–३ दिनमा सहमति जुट्ने पनि उनले बताए ।
नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमतिनिकट पुगिएको संकेत दलहरुले केही समयअघि दिएका थिए । तर, प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो नेतृत्वको सरकारले नै बैशाखमा चुनाव गर्ने अडान कायम राखेपछि राजनीतिक गतिरोध लम्बिएको छ । तर, आफू भारत भ्रमणमा जानुअघि नै दलहरुबीच सहमति जुट्ने आशा व्यक्त गरेका राष्ट्रपतिले आज आह्वान गरेको सर्वदलीय बैठकपछि दलहरुलाई सहमतिका लागि थप दबाब बढ्ने अनुमान गर्न सकिन्छ ।
उता सत्तारुढ गठबन्धनभित्र पनि पछिल्लो समयमा मतभेद गहिरिएको देखिएको छ । बाबुराम भट्टराईकै सरकारलाई सहमतिको स्वरुप दिनुपर्ने भन्ने पक्षमा गठबन्धनमा रहेका अधिकांश मधेसी नेताहरु उभिनु र प्रचण्डपक्षीय केहीले बाबुरामले अब छोड्नुपर्ने भन्ने धारणा अभिव्यक्त गर्न थालेको अवस्थाले गठबन्धनभित्रको फाटो उजागर हुन पुगेको हो । यो सबै परिस्थितिका आधारमा सहमतिको प्रधानमन्त्री जुट्न अझै पनि कठिन देखिएको छ । सम्भवतः राष्ट्रपति भारतबाट फर्केर नआउँदासम्म नेपाली राजनीति यथावत अवस्थामा रहने दाबी गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार