डालासमा बाल कविता संग्रह साहित्यिक कार्यक्रम सम्पन्न

९ पुष २०६९, सोमबार ०१:४६ मा प्रकाशित

बिकाशराज न्यौपाने, अमेरिका । अन्तराष्ट्रिय साहित्य समाज, डालास च्याप्टरको आयोजनामा कवियात्री श्रीमती कृष्ण कुमारी पौडेलको हालै प्रकाशित कृति “कोपिला” बाल कविता संग्रहको, संग्रहमा निहित अन्तर भाव विचारको बिषयमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना भब्य रुपमा सम्पन्न भयो।

नेपाली समाज टेक्सासको हलमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व अनेसास डालासका अध्यक्ष वासु शर्माले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाली समाजका अध्यक्ष डा. प्रेमराज अधिकारी हुनुहुन्थ्यो। बाल-बालिकाको बिषयमा लेखिएको यस पुस्तकको अन्तरक्रिया कार्यक्रममा कार्यक्रम सञ्चालक अनेसास डालासका सदस्य विजयराज भट्टराईले नेपालमा बाल-बालिकाहरुको अवस्थाको बारेमा विभिन्न कोणबाट जानकारी गराउनु भएको थियो।

कृति समीक्षक प्रा.लक्ष्मीकान्त शर्मा (लकाश) पुस्तकको समिक्षा विभिन्न नौ कोणबाट गर्नुभयो भने अर्का समिक्षक साहित्यकार एबं चलचित्र निर्देशक शैलेश आचार्यले यो पुस्तक आफ्नो जन्मन बाँकि नाती/नातिनीका लागि समेत सुरक्षित राख्ने टिप्पणी गर्नुभयो। कार्यक्रममा अनेसासका केन्द्रिय कोषाध्यक्ष नारायण अधिकारीले पुस्तकमा बाल-बालिकाको सहज शब्द मात्र प्रयोग गरिएको बिचार राख्नु भएको थियो।

कवियत्री श्रीमती कृष्ण कुमारी पौडेलले अमेरिकामा रहेका नेपाली बच्चाहरुमा नेपाली भाषा हराउँदै गएको देखे पछि त्यसको जगेर्नाको निमित्त थोरै भएपनि सहयोगी हुने सोची यो पुस्तक लेख्न आफू अग्रसर भएको जानकारी गराउनु भयो। लगभग ८० साहित्यकारको उपस्थितिमा तीन घण्टा चलेको उक्त कार्यक्रममा कवयित्री निर्मला राईले स्वागत गर्नु भएको थियो।

समयाभावका कारण कबि शशि भट्टराईको एउटा कविता बाहेक अन्य कविता बाचन गराईएन। बिदेशी माटोमा आ-आफ्ना बच्चाहरुलाई स्वदेशी भाषा जोगाउन यो पुस्तक सहयोगी हुने विचार प्रा. डा. प्रेमराज अधिकारीले राख्नु भयो। कार्यक्रममा समिक्षकद्वयलाई प्रसंशा – पत्र प्रदान गर्दै यस कर्यक्रममा सहभागी हुने बाल- बालिका तथा अभिभाबक दुवै निकै लाभान्वित भएको आयोजकको ठहर बाशु शर्माले गर्नु भयो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार